२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
अ अ+ अ-

काठमाडौँ। प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शनिबार र आज काठमाडौँ, झापा, मोरङ, सिराहा, बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी (पश्चिम), कास्की, बाँके र सुर्खेतबाट गरी २७ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलबाट अवैध लागुऔषध गाँजा करिब ३० किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले पक्राउ परेकाहरूले प्रयोग गरेको बा८३ प ४३७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका-६ बाट एक, भद्रपुर नगरपालिका-५ बाट एक, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट एक, बिर्तामोड नगरपालिका-१ बाट दुई जना पक्राउ परेका नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका-२ बाट एक र रतुवामाई नगरपालिका-८ कुखरेडाँडाबाट एक, सिराहाको धनगढीमाई नगरपालिका-१० जिरोमाईलबाट एक, बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुर गाउँबाट दुई र गुलरिया नगरपालिका-११ बाट एक, कञ्चनपुरको बेदकोट नगरपालिका-८ गैलनदीबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-७ मनेहरा चोकबाट दुई, गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोडबाट एक, धनगढी उपमहानगरपालिका-७ मोतिचोकबाट एक, लम्कीचुहा नगरपालिका-७ खरौलाबाट एक जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-५ गेर्मीबाट नियन्त्रित लागुऔषध डाइजेपाम १९८ एम्पुल, फेनारगन १९७ एम्पुल र बुप्रेनोर्फिन १९९ एम्पुलसहित भारत उत्तर प्रदेश महाराजगञ्ज बरगदवा पिपरा बस्ने ३३ वर्षीय सबरे आलमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ एक्स १२१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट दुई, बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ बाट एक र सुर्खेतको भेरीगङ्गा नगरपालिका-१२ राजीगाउँबाट तीन जनालाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस