२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः संकटाले कठिन जित निकाल्दा एपिएफले पुलिसलाई हरायो



अ+ अ-

काठमाडौँ । सोमबारबाट सुचारु भएको शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवले एफसी खुमलटार युथ क्लवमाथि १–० को संघर्षपूर्ण जित निकाल्दा अर्को खेलमा एपिएफले नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा सकंटाले २७ औं मिनेटमा निकालेको अग्रता नै तीन अंक बटुल्नका लागि पर्याप्त भएको हो । संकटाका लागि जुनियर ओन्गुनेले गरेको गोल नै निर्णायक भएको हो । पहिलो हाफमा भन्दा दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको खुमलटारले गोलका लागि केही अवसर सिर्जना गरेपनि गोल फर्काउन सकेन ।

यस्तै संकटाले पाएका केही अवसरलाई पनि सदुपयोग गर्न असफल रह्यो । यसअघि १४ औं मिनेटमा खुमलटारका मोसौके ओलोमोउको प्रहार बाहिरिएको थियो । १७ औं मिनेटमा राजिव लोप्चको प्रहार बाहिरिँदा खुमलटार अग्रता लिनबाट चुक्यो । २४ औं मिनेटमा नेल्सनको कर्नरमा जुनियरको हेडर पोलमा लागेर बाहिरिँदा संकटाले अग्रता लिने अवसर गुमाएको थियो ।

अब संकटाले चैत २६ गते मछिन्द्र फुटबल क्लव तथा खुमलटारले चैत २४ गते जावलाखेल युथ क्लवको सामना गर्नेछ । यसैगरी च्यासल मैदानमा सम्पन्न विभागीय डर्बी भिडन्तमा नेपाल एपिएफ फुटबल क्लवले नेपाल पुलिस क्लवमाथि २–० को जित निकाल्यो । एपिएफलाई जित दिलाउन एडमा डोम्बिया र सविन गुरुङले समान एक गोल गरे ।

खेलको ५७ औं मिनेटमा डोम्बियाले एपिएफलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा सविनले गोल गर्दै टोलीलाई २–० को जित दिलाए । यस जितसँगै ६ खेलमा १० अंक जोडेको एपिएफ पाँचौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको पुलिस समान खेलबाट एक अंकका सथ पुछारमा छ ।