३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दादको समस्याबाट अब यसरी पाउनुहोस् छुटकारा !

दादको समस्याबाट अब यसरी पाउनुहोस् छुटकारा !
अ+ अ-

काठमाडौं । दाद एक सरुवा रोग हो । यो रोग सङ्क्रमित व्यक्ति अथवा जनावरसँगको लसपसबाट सर्दछ । यो रोग केवल छालाको स्पर्शबाट मात्र नभएर साझा कपडाको प्रयोग र जुठो खानाबाट पनि सर्दछ ।

सरुवा रोग र खतरनाक सङ्क्रमण भएकै कारणले दादलाई निको पार्न मुश्किल पर्दछ र समय लाग्न सक्दछ । यसलाई निको पार्ने मेडिकल क्रिम तथा अन्य औषधीहरू पनि पाइन्छन्, जुन डाक्टरको परामर्श बिनानै अपनाउन सकिन्छ । तर कुनै पनि रसायनिक औषधी अपनाउनुभन्दा पहिले घरेलु उपाय नै अपनाउनु उचित हुन्छ । यी उपायहरु अप्नाउनुहोस् :

१) आफ्नो छालालाई सँधै सफा र सुक्खा राख्नुपर्दछ। धेरैदिनसम्म एउटै मोजा, अन्डरवेयर, गञ्जी लगाइराख्नु हुँदैन ।

२) कसिलो लुगा लगाउनुहुँदैन । दाद आएको भागमा हावा छिर्ने गरी लुगा लगाउनुपर्दछ ।

३) नुहाइसकेपछि पुरै शरीरलाई राम्रोसँग पुछ्नुपर्दछ। काखी, गुप्ताङ्ग, औँलाका काँपा, कान र घाँटीमा भएको पानीलाई पनि राम्रोसँग पुछ्नु पर्दछ । सफा कपडाले पुछ्ने बित्तीकै कहिल्यै पनि कपडा लगाइहाल्नुहुँदैन । पहिला हावाले सुक्न दिनुपर्छ अनि बल्ल सफा, खुकुलो लुगा लगाउनुपर्दछ ।

४) अरू कसैसँग आफ्नो व्यक्तिगत लत्ताकपडा, तौलिया, जुत्ता वा रुमाल सेयर गर्नुहुँदैन । लुगा धुँदा तातो पानी र एण्टिफङ्गस साबुनको प्रयोग गर्नुपर्दछ ।

५) यदि घरमा कुकुर तथा बिरालो जस्ता घरपालुवा जनावर छ र त्यसको शरीरबाट सामान्यभन्दा धेरै कपालका रौँहरू झरेको छ भने तयसलाई तुरुन्तै पशु डाक्टर कहाँ जाँच गर्न लानु पर्दछ। (एजेन्सीको सहयोगमा)