३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मौसम: गर्मीले हाम्रो दिमागलाई कस्तो असर पार्छ ?

मौसम: गर्मीले हाम्रो दिमागलाई कस्तो असर पार्छ ?
अ+ अ-

काठमाडौं । सन् १९८८ को जुलाई महिना। अमेरिकामा हालसम्मकै सबैभन्दा गर्मी महिना। सहरका बासिन्दाहरूको घुइँचो समुद्री तटमा थियो भने वातानुकूलित उपकरणको अत्यधिक प्रयोगले बिजुलीको खपत अत्यधिक उच्च थियो।

कैयौँ द्रुतमार्गहरूमा धेरै तातेका गाडीहरू बिग्रिएर रोकिएका थिए। बरफ खाई सक्नुभन्दा अघि नै पग्लिने गर्थ्यो। तर त्यो प्रचण्ड गर्मीमा यीबाहेक अरू चिज पनि भइरहेको थियो। वास्तवमा सन् १९८८ को गर्मीले मात्रै होइन हिंसात्मक घटनाको पनि कीर्तिमान कायम भएको थियो।

अभूतपूर्व सङ्ख्यामा हत्या, बलात्कार, हतियारसहित डकैती र आक्रमण भएका थिए। त्यो सङ्ख्या झन्डै १५ लाख ६० हजार रहेको थियो। शताब्दीऔँदेखि मानिसहरूले गर्मी मौसमले हाम्रो व्यवहारमा प्रभाव पार्ने आशङ्का गर्दै आएका थिए।

गर्मीमा उच्च अपराध
सबैभन्दा प्रारम्भिक अध्ययन १९ औँ शताब्दीको अन्त्यमा भएको थियो जुन अपराधको तथ्याङ्कसँग जोडिएको छ। त्यो विश्लेषणमा मानिसविरुद्धका कसुर गर्मी महिनामा बढ्ने र सम्पत्तिसम्बन्धी कसुर आम रूपमा जाडो महिनामा हुने देखिन्छ। त्यसयता थप प्रमाणहरू फेला पर्दै गइरहेका छन्।

प्रत्येक वर्ष गर्मी बढ्दै जाँदा हामीमा परिवर्तन देखिन थाल्छ। कतिपय परिवर्तन साधारण किसिमका छन्। मानिसहरू जाममा पर्दा हर्न बजाउन थाल्छन्, प्रहरी सुव्यवस्था खलल गर्ने व्यवहार बढिरहेको महसुस गर्छ र हामी नचिनेका मानिसहरूलाई कम मद्दत गर्छौँ। तर अरू चिन्ताजनक किसिमका लक्षण पनि देखिन्छन्।

सन् २०१८ को गर्मी
सन् २०१८ को विश्वव्यापी गर्मीले आर्टीक क्षेत्रमा भोकमरी र अस्वाभाविक सङ्ख्यामा डढेलो निम्त्यायो। हरिणको एउटा प्रजाति फिनल्यान्डको समुद्री तटमा आइपुग्यो भने स्विडेनको एउटा पहाडको उचाइ नै घट्न पुग्यो।

यूकेमा आपत्कालीन ९९९ नम्बरमा कीर्तिमानी सङ्ख्यामा फोन आयो र एक प्रहरीले मानिसहरूले ुआश्चर्यजनकु व्यवहार देखाएको बताए। कतिपय क्षेत्रमा त्यस्तो टेलिफोन ४० प्रतिशतले बढेको थियो। यी सब अनुभवमा आधारित भए पनि कतिपय प्राज्ञिक अनुसन्धानले पनि वृहत् किसिमको अन्तरसम्बन्ध देखाएको छ।

गर्मीसँगै हत्याको सङ्ख्यामा वृद्धि
सन् २०१० को एप्रिलदेखि २०१८ को बीचमा २० डिग्री सेल्सियस तापक्रम हुँदा १० डिग्री सेल्सियस तापक्रमको तुलनामा १४ प्रतिशत बढी हिंसात्मक अपराध भएको पाइएको छ।

मेक्सिकोमा गर्मीमा बढी सङ्गठित अपराध भएको पाइएको छ र कतिपय अनुसन्धानकर्ताहरूले त्यो मौसमले नै ुहिंसाको स्वाद दिएको हुनसक्नेु टिप्पणी गरेका छन्।दक्षिण अफ्रिकामा प्रत्येक एक डिग्री तापक्रम बढ्दा हत्याको सङ्ख्यामा १।५ प्रतिशतले वृद्धि हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

ग्रीसमा एउटा अध्ययनले एउटा क्षेत्रमा भएका १३७ हत्यामध्ये ३० प्रतिशतभन्दा बढी औसत तापक्रम २५ डिग्री सेल्सियसभन्दा माथि भएका दिनमा गरिएका फेला पारेको छ। यस्तै घटनाक्रम ताइवान, अमेरिका, फिनल्यान्ड र स्पेनमा पनि देखा परेका छन्।

विद्रोह
सन् १७९१ देखि १८८० सम्म भएका एउटा अध्ययनले अधिकांश विद्रोहका घटना गर्मी महिनामा भएको फेला पारेको छ। पृथ्वीको जुन कुनाबाट हेर्दा पनि त्यस्तै पाइएको थियो। उदाहरणका लागि युरोपमा जुलाई महिनामा विद्रोह हुने बढी सम्भावना देखिएका थिए भने दक्षिण अमेरिकामा ज्यानुअरीमा।

हालैका अध्ययनहरूले सामाजिक आन्दोलन र मौसमको सम्बन्धलाई थप पुष्टि गरेको छ। ३६ वर्षमा भएका ७,००० घटनाक्रमको एउटा विश्लेषणले तापक्रम बढेको समयमा त्यो बढी हिंस्रक हुने सम्भावना देखाएको छ।

अघिल्लो वर्ष नेदरल्याण्डले तथ्याङ्क राख्न थाले यताकै सर्वाधिक गर्मी हप्तामा दङ्गा भड्किएको थियो। त्यस बेला भवन जलाइएका थिए, प्रहरीमाथि विस्फोटक पदार्थ प्रहार गरिएका थिए र कम्तीमा २७ जनालाई पक्राउ गरिएको थियो।

आत्महत्याको जोखिम
बाहिरको अवस्थाले आफैँलाई जोखिम पुर्‍याउने अवस्था बढेका पनि देखिएको छ। विभिन्न १२ वटा देशमा गरिएका १३ लाख २० हजारभन्दा बढी अध्ययनले आसपास उच्च तापक्रम हुँदा आत्महत्याको जोखिम बढेको पाइएको छ। यो दक्षिण अफ्रिका र पश्चिमा देशहरूमा प्रस्टै देखिएको थियो।

सबैभन्दा उच्च जोखिम तापक्रम २७ डिग्री सेल्सियस रहँदा पाइयो।  अस्ट्रेलियामा तातो हावा चल्ने मौसममा मानिसहरू अस्पतालमा भर्ना हुने क्रम ७।३ प्रतिशतले बढेको थियो। मौसमले हाम्रो व्यवहारमा किन त्यस्तो परिवर्तन ल्याउँछ त्यो अझै रहस्यमय छ तर वैज्ञानिकहरूले जबाफ खोज्ने प्रयास गरिरहेका छन्।

असहजता
एउटा स्पष्ट सम्भावना भनेको मानिसहरूले गर्मी मौसममा असहज महसुस गर्छन् जसले उनीहरूको मनस्थितिलाई खराब बनाउँछ र घातक व्यवहार गर्न प्रेरित गर्छ भन्ने हो। उदाहरणका लागि अमेरिकाको फुटबल लीगमा गर्मी मौसममा खेलाडीहरू आक्रामक पेनाल्टी प्रहार गर्छन्। पत्रकारहरूले पनि आफ्ना समाचारहरूमा नकारात्मक भाषा प्रयोग गर्छन् र मानिसहरू झगडा गरेर जागिर छाड्ने गर्छन्।

सन् २०१७ मा वैज्ञानिकहरूले फिनल्यान्डमा आसपासको तापक्रमले दिमागको महत्त्वपूर्ण रसायन सिरोटोनिनको परिमाणलाई प्रभावित पार्ने पत्ता लगाएका थिए। उक्त रसायनले चिन्ता, खुसी र सम्पूर्ण मनस्थितिमा प्रभाव पार्छ। उनीहरूले आफ्नो मापन र मासिक हुने हिंसाका घटनाका बीचमा दह्रो सम्बन्ध रहेको पत्ता लगाए।

यसले तापक्रमले हाम्रो सेरोटोनीनको तहलाई प्रभावित पार्ने र त्यसबाट आक्रामक व्यवहारको तहमा असर पुग्ने सङ्केत मिल्छ। अर्को अवधारणा अन्तर्गत गर्मी मौसममा हाम्रो टेस्टोसटोरनको तह बढ्ने र त्यसले थप आक्रामक बनाउने पाइएको छ। दिनहरू लम्बिँदै जाँदा यौन र घरेलु हिंसा बढ्नुको कारण पनि त्यसले देखाउँछ।

अमेरिकामा "अन्तरङ्ग सम्बन्ध भएका जोडीबीचको हिंसाु"भनिने शारीरिक, यौन र मानसिक शोषण जाडोभन्दा गर्मीमा १२ गुणाले बढी हुने पाइएको छ। तर अरू वैकल्पिक कारणहरू पनि छन्। यी तापक्रम र अपराधको मात्र विश्लेषण गरी राखिएका तथ्याङ्क हुन्।

तर यसको अर्थ एउटाले सोझै अर्कोलाई प्रभाव नै पार्छ भन्ने होइन। जब सूर्य देखा पर्छ हामी अलग्गै संसारमा हुन्छौँ। भिडभाड भएका पर्वमा रमाउँछौँ, सामाजिक रूपमा स्वीकार्य हुने स्तरमा दिउँसै पिएर बस्छौँ र सामान्यतया थप सक्रिय हुन्छौँ। यसले गर्दा हाम्रा सबै गतिविधि बढ्छन्। (बीबीसी नेपाली)