२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीका प्रशिक्षक पोटर बर्खास्त



अ+ अ-

एजेन्सी । लन्डन क्लब चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । शनिबार घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि चेल्सीले प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो ।

पोटरको प्रशिक्षणमा भएको ३२औं खेलमा चेल्सीको यो १२औं हार हो । यो सिजनमा ५५० मिलियन पाउन्डभन्दा बढी रकम खर्चेर खेलाडी अनुबन्ध गरेको चेल्सी प्रिमियर लिगमा ११औं स्थानमा झरेको छ । चेल्सी शीर्ष चारभन्दा १२ अंकले पछि छ ।

चेल्सीका मालिक टोड बोहलीले प्रशिक्षक र व्यक्तिको रूपमा ग्राहमको लागि उच्च सम्मान रहेको बताएका छन् । ‘हाम्रा अविश्वसनीय फ्यानहरूसँगै हामी सबै सिजनको बाँकी खेलमा ध्यान केन्द्रित गर्नेछौं ।’ बोहलीले भने, ‘हामीसँग प्रिमियर लिगका १० खेलहरू बाँकी छन् र च्याम्पियन्स लिगको क्वाटरफाइनल पनि छ । हामी ती प्रत्येक खेलमा सबै प्रयास र प्रतिबद्धता राख्नेछौं र सिजन समाप्त गर्नेछौं ।

अब ब्रुनो साल्टरले अन्तरिम मुख्य प्रशिक्षकको रूपमा टोलीको जिम्मेवारी लिनेछन् । चेल्सीले प्रिमियर लिगमा मंगलबार लिभरपुलसँग र १२ अप्रिलमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडको सामना गर्दैछ ।