२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीका प्रशिक्षक पोटर बर्खास्त



अ+ अ-

एजेन्सी । लन्डन क्लब चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । शनिबार घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि चेल्सीले प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो ।

पोटरको प्रशिक्षणमा भएको ३२औं खेलमा चेल्सीको यो १२औं हार हो । यो सिजनमा ५५० मिलियन पाउन्डभन्दा बढी रकम खर्चेर खेलाडी अनुबन्ध गरेको चेल्सी प्रिमियर लिगमा ११औं स्थानमा झरेको छ । चेल्सी शीर्ष चारभन्दा १२ अंकले पछि छ ।

चेल्सीका मालिक टोड बोहलीले प्रशिक्षक र व्यक्तिको रूपमा ग्राहमको लागि उच्च सम्मान रहेको बताएका छन् । ‘हाम्रा अविश्वसनीय फ्यानहरूसँगै हामी सबै सिजनको बाँकी खेलमा ध्यान केन्द्रित गर्नेछौं ।’ बोहलीले भने, ‘हामीसँग प्रिमियर लिगका १० खेलहरू बाँकी छन् र च्याम्पियन्स लिगको क्वाटरफाइनल पनि छ । हामी ती प्रत्येक खेलमा सबै प्रयास र प्रतिबद्धता राख्नेछौं र सिजन समाप्त गर्नेछौं ।

अब ब्रुनो साल्टरले अन्तरिम मुख्य प्रशिक्षकको रूपमा टोलीको जिम्मेवारी लिनेछन् । चेल्सीले प्रिमियर लिगमा मंगलबार लिभरपुलसँग र १२ अप्रिलमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडको सामना गर्दैछ ।