४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भारतलाई पराजित गर्दै न्युजिल्यान्डले जित्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधी

भारतलाई पराजित गर्दै न्युजिल्यान्डले जित्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधी
अ+ अ-

साउथह्याम्पटन । बुधबार न्युजिल्यान्डले भारतलाई छैटौँ दिन ८ विकेटले पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिपको उपाधी हात पारेको छ । छैटौं रिजर्भ दिन पुगेको खेलमा भारतको फिल्डिङ निकै फितलो रह्यो र लगातार क्याच छाडेको थियो जसको फाईदा न्युजिल्यान्डले उठाएर १ सय ३९ रनको लक्ष्य दुई विकेट गुमाएर पूरा गरेको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन ५२ रन, रस टेलरले ४७ रन बनाएका थिए । उनीहरूले दोस्रो विकेटका लागि ९६ रनको नटआउट साझेदारी गरे । उनीहरूले दुई विकेट गुमाएर ४४ रनको स्थितिबाट न्युजिल्यान्डलाई शानदार जितसम्म पुर्‍याएका थिए ।

यसअघि भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ७० रन बनाएर अलआउट भएको थियो । भारतले दुई विकेट गुमाएर ६४ रनबाट अगाडि खेल्न सुरु गरेको थियो। भारतका लागि अघिल्लो दिन नटआउट रहेकामध्ये कप्तान विराट कोहलीले १३ र चेतेश्वर पुजाराले १५ रन मात्रै जोडे ।

ऋषभ पन्तले भारतका लागि बनाएको ४१ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । यस्तै रवीन्द्र जडेजाले १६ र मोहम्मद सामीले १३ रन बनाए । न्युजिल्यान्डका बलरमध्ये टिम साउथी सर्वाधिक घातक रहे र उनले ४८ रन खर्चिएर चार विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले तीन र केली जेमिसनले एक विकेट लिए ।