२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई पराजित गर्दै न्युजिल्यान्डले जित्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधी



अ+ अ-

साउथह्याम्पटन । बुधबार न्युजिल्यान्डले भारतलाई छैटौँ दिन ८ विकेटले पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिपको उपाधी हात पारेको छ । छैटौं रिजर्भ दिन पुगेको खेलमा भारतको फिल्डिङ निकै फितलो रह्यो र लगातार क्याच छाडेको थियो जसको फाईदा न्युजिल्यान्डले उठाएर १ सय ३९ रनको लक्ष्य दुई विकेट गुमाएर पूरा गरेको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन ५२ रन, रस टेलरले ४७ रन बनाएका थिए । उनीहरूले दोस्रो विकेटका लागि ९६ रनको नटआउट साझेदारी गरे । उनीहरूले दुई विकेट गुमाएर ४४ रनको स्थितिबाट न्युजिल्यान्डलाई शानदार जितसम्म पुर्‍याएका थिए ।

यसअघि भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ७० रन बनाएर अलआउट भएको थियो । भारतले दुई विकेट गुमाएर ६४ रनबाट अगाडि खेल्न सुरु गरेको थियो। भारतका लागि अघिल्लो दिन नटआउट रहेकामध्ये कप्तान विराट कोहलीले १३ र चेतेश्वर पुजाराले १५ रन मात्रै जोडे ।

ऋषभ पन्तले भारतका लागि बनाएको ४१ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । यस्तै रवीन्द्र जडेजाले १६ र मोहम्मद सामीले १३ रन बनाए । न्युजिल्यान्डका बलरमध्ये टिम साउथी सर्वाधिक घातक रहे र उनले ४८ रन खर्चिएर चार विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले तीन र केली जेमिसनले एक विकेट लिए ।