४ भाद्र २०८३, बिहीबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप २०२०ः अन्तिम १६ मा कुन-कुन टिम पुगे ? अबको भिडन्तहरु यस्तो छ…



अ+ अ-

काठमाडौं । युरो २०२० को समूह चरणको खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमहरूको टुंगो लागेको छ।

अन्तिम १६ मा ६ समूहका विजेता र उपविजेता गरी १२ टिम पुगे। यस्तै ६ समूहमा तेस्रो हुने ४ टिमले पनि अन्तिम १६ मा स्थान पाएका छन्। तेस्रो भएका ६ टिम मध्ये उत्कृष्ट ४ टिमले अन्तिम १६ मा स्थान बनाएका हुन्। 

कुन-कुन समुहबाट कुन टिम नकआउट र अन्तिम १६ चरणमा ?

समूह 'ए' बाट नकआउट चरणमा इटाली विजेता, वेल्स उपविजेता र स्विट्जरल्यान्ड उत्कृष्ट तेस्रो टिम

समूह 'बी' बाट अन्तिम १६ मा बेल्जियम विजेता र डेनमार्क उपविजेता। 

समूह 'सी' बाट अन्तिम १६ मा नेदरल्यान्ड्स विजेता, अस्ट्रिया उपविजेता र युक्रेन उत्कृष्ट तेस्रो टिम। 

समूह 'डी' बाट अन्तिम १६ मा इंग्ल्यान्ड विजेता, क्रोएसिया उपविजेता र चेक उत्कृष्ट तेस्रो टिम । 

समूह 'ई' मा अन्तिम १६ मा स्विडेन विजेता र स्पेन उपविजेता । अन्तिम खेलमा स्पेनसँग ५-० ले पराजित हुँदा स्लोभाकिया ३ अंक जोडे पनि उत्कृष्ट तेस्रो टिम हुन सकेन। 
समूह 'एफ' बाट अन्तिम १६ मा फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल उत्कृष्ट तेस्रो टिम। 

अन्तिम १६ का खेल शनिबारदेखि सुरु हुँदैछ।