२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप २०२०ः अन्तिम १६ मा कुन-कुन टिम पुगे ? अबको भिडन्तहरु यस्तो छ…



अ+ अ-

काठमाडौं । युरो २०२० को समूह चरणको खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमहरूको टुंगो लागेको छ।

अन्तिम १६ मा ६ समूहका विजेता र उपविजेता गरी १२ टिम पुगे। यस्तै ६ समूहमा तेस्रो हुने ४ टिमले पनि अन्तिम १६ मा स्थान पाएका छन्। तेस्रो भएका ६ टिम मध्ये उत्कृष्ट ४ टिमले अन्तिम १६ मा स्थान बनाएका हुन्। 

कुन-कुन समुहबाट कुन टिम नकआउट र अन्तिम १६ चरणमा ?

समूह 'ए' बाट नकआउट चरणमा इटाली विजेता, वेल्स उपविजेता र स्विट्जरल्यान्ड उत्कृष्ट तेस्रो टिम

समूह 'बी' बाट अन्तिम १६ मा बेल्जियम विजेता र डेनमार्क उपविजेता। 

समूह 'सी' बाट अन्तिम १६ मा नेदरल्यान्ड्स विजेता, अस्ट्रिया उपविजेता र युक्रेन उत्कृष्ट तेस्रो टिम। 

समूह 'डी' बाट अन्तिम १६ मा इंग्ल्यान्ड विजेता, क्रोएसिया उपविजेता र चेक उत्कृष्ट तेस्रो टिम । 

समूह 'ई' मा अन्तिम १६ मा स्विडेन विजेता र स्पेन उपविजेता । अन्तिम खेलमा स्पेनसँग ५-० ले पराजित हुँदा स्लोभाकिया ३ अंक जोडे पनि उत्कृष्ट तेस्रो टिम हुन सकेन। 
समूह 'एफ' बाट अन्तिम १६ मा फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल उत्कृष्ट तेस्रो टिम। 

अन्तिम १६ का खेल शनिबारदेखि सुरु हुँदैछ।