४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर आरिफ र आसिफलाई वीरगञ्ज महानगरको मोटरसाइकल उपहार



अ+ अ-

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आइसीसी क्रिकेट विश्वकप लिग २ मार्फत नेपाललाई विश्वकप क्वालिफायरको छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका दुई क्रिकेटर आसिफ शेख र आरिफ शेखलाई मोटरसाइकल प्रदान गरेको छ ।

शुक्रबार साँझ एक समारोहबीच महानगरपालिकाका मेयर राजेशमान सिंहले आसिफ र आरिफलाई प्रोत्साहनस्वरुप मोटरसाइकल उपहार दिएका हुन् । मेयर सिंहले दुबै जनालाई मोटरसाइकल र साँचो हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरे ।

नेपालले विश्वकप क्वालिफायरको छनोटमा स्थना बनाए लगत्तै मेयर सिंहले आरिफ र आसिफलाई पुरस्कार स्वरूप मोटरसाइकल दिने घोषणा गरेका थिए ।

उनीहरुले वीरगञ्जको मात्र नभएर देशकै शिर ठाडो पार्ने काम गरेकाले सम्मान र प्रोत्साहन स्वरूप मोटरसाइकल प्रदान गरेको मेयर सिंहले बताए ।