२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर आरिफ र आसिफलाई वीरगञ्ज महानगरको मोटरसाइकल उपहार



अ+ अ-

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आइसीसी क्रिकेट विश्वकप लिग २ मार्फत नेपाललाई विश्वकप क्वालिफायरको छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका दुई क्रिकेटर आसिफ शेख र आरिफ शेखलाई मोटरसाइकल प्रदान गरेको छ ।

शुक्रबार साँझ एक समारोहबीच महानगरपालिकाका मेयर राजेशमान सिंहले आसिफ र आरिफलाई प्रोत्साहनस्वरुप मोटरसाइकल उपहार दिएका हुन् । मेयर सिंहले दुबै जनालाई मोटरसाइकल र साँचो हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरे ।

नेपालले विश्वकप क्वालिफायरको छनोटमा स्थना बनाए लगत्तै मेयर सिंहले आरिफ र आसिफलाई पुरस्कार स्वरूप मोटरसाइकल दिने घोषणा गरेका थिए ।

उनीहरुले वीरगञ्जको मात्र नभएर देशकै शिर ठाडो पार्ने काम गरेकाले सम्मान र प्रोत्साहन स्वरूप मोटरसाइकल प्रदान गरेको मेयर सिंहले बताए ।




भर्खरै