१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशीसामु प्रधानमन्त्रीले सत्ताका लागि तावेदारी गरे: एमाले अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि प्रधानमन्त्रीले विदेशीको तावेदारी गरेको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्बलले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रो भूमि खुम्चँदो छ, राष्ट्रिय स्वाधीनता कमजोर भएको छ । यस्तो कुरामा प्रधानमन्त्रीले बोलको कतै सुनिँदैन ।”

उहाँले भन्नुभयो, “प्रधानमन्त्री विदेश जाँदै हुनुहुन्छ भन्ने सुनेको छु, यस्तो भ्रमण आफनो अधिकारको दाबेदारी कि तावेदारीका लागि हुँदैछ । यस्ता कुरामा प्रधानमन्त्री यहाँ त बोल्न सक्नु हुन्न उता गएर के बोल्नु हुन्छ ?”

अहिले विभिन्न पार्टपुर्जा जोडेर अप्राकृतिक ढंगले १० दलीय कृत्रिम सरकार बनाइएको छ भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “न सिद्धान्त मिल्छ, न नीति मिल्छ । सरकारको गन्तव्य स्पष्ट छैन । अवसरको फाइदा लिएर हाडा छालामात्र रहेको देशबाट सिरिन्ज घुसारेर रगत लिने प्रयास भइरहेको छ ।”

यसले मलुकललाई झन ओरालो लगाउने भन्दै उहाँले जनतालाई भ्रममा पर्न नदिन, देश र जनताको हितमा प्रयोग गर्न सञ्चारमाध्यमले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सञ्चारमाध्यमले आफ्नो भूमिकालाई देश र जनताको पक्षमा, कानूनी राजको पक्षमा, सुशासन, भ्रष्टाचार नियन्त्रणका पक्षमा लैजानुपर्छ ।”