• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   हुम्लामा बृहत् स्वास्थ्य शिविर, एक हजार आठ सयभन्दा बढीले लिए सेवा ★   ललितपुर डढेलो: अर्का घाइतेको पनि मृत्यु ★   नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा ★   ‘राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ’ ★   रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो : प्रधानमन्त्री ★   बाढीको जोखिममा रहेका पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै ★   मिचेल मार्शको कप्तानीमा टी–२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा ★   कानुन आवेगमा आउनु हुँदैन ★   सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमको नयाँ अफर ★   मर्यादित काम र श्रमिकको सम्मान गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान

मन्त्री टुंगो लगाउन देउवानिवासमा कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै



काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन नेपाली कांग्रेसका शीर्ष नेताहरू बैठक बस्दै छन् ।

मन्त्रीको नाम टुंग्याउन पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बैठक बस्न लागेको हो । त्यसअघि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भएको छ ।