• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo

मन्त्री टुंगो लगाउन देउवानिवासमा कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै



काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन नेपाली कांग्रेसका शीर्ष नेताहरू बैठक बस्दै छन् ।

मन्त्रीको नाम टुंग्याउन पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बैठक बस्न लागेको हो । त्यसअघि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भएको छ ।