• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वपूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड

यी भारतीय युवा खेलाडीहरुको भाग्य खुल्यो, पहिलो पटक टी–२० विश्वकप खेल्दै



एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले मंगलबार टी–२० विश्वकप २०२४ का लागि भारतीय टोलीको घोषणा गरेको छ । भारतीय टोलीको कप्तान रोहित शर्मा र उपकप्तान हार्दिक पाण्ड्यालाई दिइएको छ ।

बीसीसीआईले पहिलो पटक धेरै भारतीय युवालाई अवसर दिएको छ । टोलीमा धेरै खेलाडी छन् जो पहिलो पटक टी–२० विश्वकप खेल्दैछन् ।

१. यशस्वी जैसवाल
यस सूचीमा पहिलो स्थानमा लामो समयदेखि उत्कृष्ट लयमा रहेका टीम इन्डियाका ओपनर यशस्वी जैसवालको नाम छ । यशस्वी आईपीएल २०२४ मा राजस्थान रोयल्सबाट खेल्दैछन् । यशस्वीले २०२४ को टी–२० विश्वकपका लागि भारतीय टोलीमा मौका पाएका छन् । उनी पहिलो पटक टी–२० विश्वकप खेल्दैछन् ।

२.सञ्जु सामसन
सन्जु सामसनको नाम सूचीमा दोस्रो स्थानमा छ, जसलाई आईपीएल २०२४ मा आफ्नो दमदार प्रदर्शनको लागि छनोट गरिएको छ । आफ्नो कप्तानीमा राजस्थान टोलीका लागि धेरै खेल जितेका सञ्जुको ब्याटबाट जारी आईपीएलमा रन बनिरहेको छ । चालू सिजनमा सञ्जुले ३७८ रन बनाएर उत्कृष्ट प्रदर्शनका कारण भारतीय टिममा छनोट भएका हुन् । सञ्जु सामसनले आफ्नो कडा मेहनतको फल पाएका छन् र उनी पहिलो पटक टी–२० विश्वकप खेल्दै देखिनेछन् ।

३. शिवम दुबे
शिवम दुबेको नाम सूचीमा तेस्रो स्थानमा छ, जसले आईपीएल २०२४ मा सीएसकेका लागि ब्याटिङ गर्दै छन् । शिवम दुबेले आईपीएल २०२४ मा अहिलेसम्म ३५० रन बनाएका छन् । शिवम पहिलो पटक टी–२० विश्वकप खेल्दैछन् ।

४. युजवेन्द्र चहल
सूचीको चौथो नम्बरमा युजवेन्द्र चहलको नाम छ, जसले २०२२ को टी–२० विश्वकपका लागि भारतीय टोलीमा स्थान पाएका थिए, तर एकपटक पनि खेल खेल्ने मौका पाएनन्, तर यसपटक भने उनी उत्कृष्ट लयमा छन् । उनको बलियो प्रदर्शनका कारण उनले २०२४ को टी–२० विश्वकपको लागि भारतको टोलीमा स्थान पाएका छन् ।

५. मोहम्मद सिराज
भारतीय टिममा मोहम्मद सिराजले स्थान पाएका छन् । सिराजले २०२१ र २०२२ को टी–२० विश्वकपमा भने स्थान पाउन सकेनन् तर यसपटक उनले चयनकर्ताको ध्यान खिचे र २०२४ को टी–२० विश्वकपका लागि भारतीय टोलीमा स्थान पाए ।

६. कुलदीप यादव
सूचीको छैटौं नम्बरमा कुलदीप यादवको नाम छ, जसले २०२४ को टी–२० विश्वकपमा स्थान पाएका छन् र उनी पहिलो पटक टी–२० विश्वकप खेल्दैछन् ।