१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् सरकारमा सहभागी हुने कांग्रेसका सम्भावित मन्त्रीहरु



अ+ अ-

काठमाडौँ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बिहान बसेको बैठकले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने सम्पूर्ण अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

कांग्रेसका एक नेताले पार्टी उपसभापति खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने न्युजपोलारलाई जानकारी दिनुभयो । उहाँका अनुसार अर्का उपसभापति धनराज गुरुङ, प्रवक्ता डा प्रकाशशरण महत, रमेश रिजाल, एनपी साउद, किशोरसिंह राठोर, सीता गुरुङ र डिगबहादुर लिम्बू मन्त्री बन्दै हुनुहुन्छ ।

पार्टी उपसभापति गुरुङ र लिम्बूबाहेक सबै पार्टी संस्थापन पक्षका हुनुहुन्छ । गुरुङ र लिम्बू भने संस्थापन इतर अर्थात डा शेखर कोइराला समूहका हुनुहुन्छ ।

सरकारमा सहभागी हुने मन्त्रीहरुमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइराला खेमाका कोही परेका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्भवत: बिहीबार बेलुकासम्म मन्त्रिमण्डल विस्तार गर्नु हुनेछ । सत्ता साझेदार दलका शीष नेताहरुको बैठकमा नेपाली कांग्रेसले आठ वटा मन्त्रालय पाउने सहमति भइसकेको छ ।