१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

रानीमहलमा सेल्फी खिच्दै ओलीले भने ‘कच्चा प्रेम नगर्नू’

रानीमहलमा सेल्फी खिच्दै ओलीले भने ‘कच्चा प्रेम नगर्नू’
अ अ+ अ-

प्रेम गर्ने मान्छेहरूका लागि त रानीमहल तीर्थस्थल नै रहेछ ।’ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रानीमहल प्रांगणमा भने । श्रीमती राधिका शाक्यसहित बुधबार बिहान ९ बजे पाल्पाको रानीमहल दरबार पुगेका ओलीले आफूलाई निकै आनन्द महसुस भएको सुनाए ।

यसअघि हेलिकोप्टरबाट हेरेको जानकारी दिँदै रानी महलमा प्रवेश गरेपछि पीर चिन्ता सब हराएको उनको भनाइ थियो । ‘रानीमहल आएपछि सबै किसिमको पीर चिन्ता हराउने रहेछ,’ ओलीले भने, ‘बाचुञ्जले मात्र होइन प्रेम मरेपछि पनि कायम राख्नुपर्ने रहेछ भन्ने सन्देश रानीमहल दरबारले दिएको छ ।’

पत्नी राधिका शाक्यसँग सेल्फी खिच्दै अध्यक्ष ओलीले प्रेमको सन्दर्भमा कुरा गरे । उनले युवायुवतीलाई कच्चा प्रेम नगर्न सुझावसमेत दिए । ‘सानोतिनो मनमुटावले सम्बन्ध तोड्नु राम्रो होइन,’ ओलीको सुझाव थियो । ओलीको सुझावमा साथ दिँदै पत्नी राधिका शाक्यले प्रेम सम्बन्ध राणा खड्गशमशेर र रानी तेजकुमारीको जस्तै बलियो हुनुपर्ने टिप्पणी गरिन् ।

केहीबेर दरबार क्षेत्र घुमेपछि अध्यक्ष ओलीले १ सय २५ वर्षअघि बनेको पुरातात्विक महत्वको दरबार हेर्नलायक भएको टिप्पणी गरे । पछिल्लो समय यस क्षेत्रमा विकास हुनुको जस पनि उनले रानीमहललाई नै दिए । ‘रानीमहलकै कारण यस क्षेत्रको विकास निर्माण सुरु भएको छ, सडक कालोपत्रे भएको छ,’ ओलीले भने, ‘हामीहरूलाई तानेर यसैले यहाँसम्म ल्यायो ।’

चारैतिर जंगल भएको क्षेत्रमा प्रेमको सम्झनामा बनाइएको रानीमहल देश विदेशमा बस्नेहरूलाई एकपटक हेर्न ओलीले सुझावसमेत दिए । विदेशीहरूलाई प्रेम के हो भन्ने ’दयगत बुझ्न र इतिहास’दयगत जानकारी लिन पनि रानीमहल पुग्नैपर्ने ओलीको सुझाव थियो । यहाँका प्राकृतिक सम्पदाको प्रशंसा गरेका ओलीले भने, ‘तनावमुक्त हुन पनि रानीमहल पुग्नैपर्छ ।’

कालीगण्डकीको भेलले रानीमहल दरबारको जग कटान गरेको सुनेको भन्दै उनले जग कटान रोक्न, तटबन्ध गर्न आवश्यक परेकाले रकम विनियोजन गरी इतिहास, प्रेमको तीर्थस्थल बचाउन सरकारलाई अनुरोध गरे ।

ओली दम्पती टिकट काटेर दरबार छिरेका थिए । ओलीसहितको टोलीलाई एमाले तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका र एमाले नागरिक उड्डयन तथा पर्यटन विभाग पाल्पाले सम्मान गरेको थियो । राजधानी दैनिक