२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीको नाम अनुमोदन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहीबार बस्दैछ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयका साथै मन्त्रीहरूको नाम अनुमोदन गर्न बैठक बोलाइएको हो ।

बैठक बिहान ११ः०० बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।

यसअघि गत मंगलबारका लागि बोलाइएको बैठक दुई दिन पछि बिहीबारका लागि सारिएको हो । प्रधानमन्त्री प्रचण्डको आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।