२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबन्डा, भोलि बेलुकीसम्म मन्त्रिपरिषद् विस्तार



file
अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको बैठकले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।

आज अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन् । यद्यपि, कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे अझै टुंगो लागिसकेको छैन ।

बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने बताए ।

‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ। भोलि बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ,’ श्रेष्ठले पत्रकारहरुसँग भने, ‘राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुन्छन्।’