१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा

मिटरब्याज आर्थिक अपराधमात्रै नभई सामाजिक अपराध पनि हो – प्रदीप पौडेल(भिडियोसहित)

मिटरब्याज आर्थिक अपराधमात्रै नभई सामाजिक अपराध पनि हो – प्रदीप पौडेल(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मिटरब्याज आर्थिक अपराधमात्रै नभइ सामाजिक अपराध पनि भएको बताउनु भयो ।

उहाँले मिटरब्याजीहरुले कानूनी राज्यको उपहास गरिरहेको भन्दै त्यस्तो क्रियाकलाप स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मिटरब्याज आर्थिक अपराध मात्र होइन यो विषय सामाजिक अपराध हो । पहिलो त यो सरासर कानून उल्लंघन गरेर आम विपन्न जनताको अभाव र कानूनी ज्ञानको पहुँचबिहीनतालाई दुरुपयोग गरेर न्युनतम पनि ३ गुणा बढीको तमसुक गराइ किसानलाई उसको भूमिदेखि नै बेदख्खल गर्ने कार्य स्वतः कानूनी राज्यको उपहास हो । यो कुनैपनि न्यायपूर्ण समाजमा स्वीकार्य हुन सक्दैन ।

मिटरब्याज अन्य दर्जनौँ सामाजिक अपराधको कारण समेत हो । पीडितहरु मिटरव्याज साहुकै योजनामा लागु औषध कारोबार गरेर जेलमा परेका विषय सार्वजनिक भएका छन् । महिलालाई यौन शोषण गरेको सुन्नमा आएको छ ।’

उहाँले मिटरब्याज अन्य सामाजिक अपराधको समेत कारण बनेको भन्दै यो समस्यालाई समाधान गर्नुपर्ने बताउनु भयो ।