३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दाँतमा प्वाल परेको वा किरा लागेमा अप्नाउनुहोस् यस्ता उपाय

दाँतमा प्वाल परेको वा किरा लागेमा अप्नाउनुहोस् यस्ता उपाय
अ+ अ-

काठमाडौं । दाँतको साइनो अनुहारको सौन्दर्यसँग मात्र छैन, स्वास्थ्यसँग पनि छ । चिकित्सकहरु भन्छन् नि, ‘राम्ररी चपाएर मात्र खानेकुरा निल्नुपर्छ, नभए अपच हुन्छ ।’ चपाउनका लागि दाँतको भूमिका हुन्छ । तर, दाँत नै सडिएको, भाँचिएको वा किरा परेको छ भने ? खानेकुरा टुक्राउन र पचाउनमा केही समस्या पक्कै हुन्छ । त्यसैले दाँतको स्वास्थ्यलाई निकै ध्यान दिनुपर्छ । दाँत सडिएको र त्यसमा खाल्डो परेको अवस्थालाई क्याभिटी भनिन्छ । के हो क्याभिटी, किन हुन्छ भनेर जानेको खण्डमा घरेलु विधि अपनाएर पनि यो समस्याबाट मुक्त हुन सकिन्छ ।

किन हुन्छ क्याभिटी ? दाँतमा प्वाल पर्नुलाई नै चिकित्सकीय भाषामा क्याभिटी भनिन्छ । मुखमा उत्पन्न हुने एसिडका कारण दाँतको इनामेल खिइन्छ र दाँतमा क्याविटी हुने गर्छ । क्याभिटीको समस्या मुखमा रहेको ब्याक्टेरियाको कारण हुन्छ ।

मुखमा रहेका व्याक्टेरिया दाँतको जडामा जम्मा भई काई लागेमा त्यसमा रहेको व्याक्टेरियाले चिनी तथा कार्वोहाइड्रेटलाई अम्लीयपनामा परिवर्तित गरिदिन्छ । यसले गर्दा दाँतमा खाल्डो परी क्याभिटी हुने गर्छ ।

क्याभिटी भएमा दाँत दुख्ने तथा दाँतमा क्षति पुग्ने गर्छ । यद्यपी, केही घरेलु उपाय अपनाएर प्राकृतिक तरीकाले नै क्याभिटीको समस्यालाई कम गर्न सकिन्छ।

ल्वाङ : क्याभिटी लगायत दाँत सम्बन्धि कुनै पनि समस्यामा ल्वाङको प्रयोग प्रभावकारी मानिन्छ । ल्वाङमा एन्टी इन्फ्लेमेन्टरी, एनाल्जेसिक तथा एन्टी व्याक्टेरियल तत्व भएका कारण यसले दाँतको दुखाई कम गर्नुका साथै दाँतमा क्याभिटी फैलिन दिदैन।

क्याभिटीका कारण दाँतमा समस्या उत्पन्न भएमा एक चौथाई तिलको तेलमा २र३ थोपा ल्वाङ्गको तेल मिसाएर राती सुत्नु अगाडी त्यसको लेपलाई क्याभिटी भएको दाँतमा लगाउनु पर्छ । यसले दाँतको समस्या कम गरी दाँतलाई आराम दिलाउँछ ।

नुन : एन्टीसेप्टिक र एन्टीबायोटिक गुणका कारण नुनको प्रयोग क्याभिटीको उपचारमा हुने गर्छ । नुनको प्रयोगले दाँतको दुखाई तथा दाँत सुन्निने समस्या कम गर्नुका साथै कुनै पनि किसिमका संक्रमण तथा मुखमा व्याक्टेरियाको वृद्धि हुनबाट रोक्छ ।

नुन द्धारा क्याभिटीको समस्या कम गर्न एक चम्चा नुनलाई तातो पानीमा मिसाएर कुल्ला गर्नुपर्छ । समस्या कम नभएसम्म यस प्रक्रियालाई दिनमा तीन पटक दोहर्‍याउनु पर्छ । यसबाहेक, आधा चम्चा नुनलाई थोरै सरस्यूको को तेल र कागतीको रसमा मिसाएर यसको लेपले गिजामा मसाज गर्नुपर्छ । दाँतको व्याक्टेरिया नष्ट गर्न यस उपायलाई केही दिनसम्म दिनमा दुई पटक दोहर्‍याउनुपर्छ ।

लसुन : एन्टी व्याक्टेरियलको साथ एन्टीबायोटिक गुणका कारण लसुनको प्रयोग क्याभिटीमा प्रभावकारी मानिन्छ। लसुनले दाँत टुक्रने तथा क्याभिटीको समस्या कम गर्न मद्दत गर्नुका साथै दाँतको दुखाईबाट समेत राहत दिलाउँछ । र, दाँतलाई स्वस्थ राख्न मद्दत गर्छ ।

त्यसको लागि ३ देखि ४ कल्ली लसुनको पोटीलाई पिनेर एक चौथाई सिधा नुनमा मिसाएर लेप बनाउनु पर्छ । र, उक्त लेपलाई संक्रमित दाँतमा लगाएर करिब १० मिनेट राख्नु पर्छ । यो विधिलाई केही दिनसम्मका लागि दिनमा दुई पटक अपनाएको खण्डमा क्याभिटीको समस्या निकै कम हुन्छ ।

जेठी मधु (मुलेठी) : अमेरिकन केमिकल सोसाइटीको जर्नल अफ नेचुरल प्रोडक्टमा प्रकाशित एक लेख अनुसार जेठी मधुमा रहेको एन्टी व्याक्टेरियल तत्वले दाँतमा क्याभिटीको विकास हुन दिदैन । साथै, दाँतमा काई लाग्न नदिएर दाँतलाई स्वस्थ राख्दछ।

जेठी मधुको जरालाई धुलो बनाएर मञ्जनको रुपमा दाँतमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, मुलेठीको डाढलाई टुथब्रशको रुपमा पनि दाँतमा प्रयोग गर्न सकिन्छ ।

बेसार : आयुर्वेदिक चिकित्सा पद्धतिले बेसारलाई क्याभिटीबाट हुने दाँतको दुखाई कम गर्नका लागि उपयोग गर्दछ । बेसारमा रहेको एन्टी व्याक्टेरियल तथा एन्टी इन्फ्लामेन्टरी गुणले गिजालाई स्वस्थ राख्नुका साथै व्याक्टेरियाको संक्रमणका कारण दाँत झर्ने समस्याबाट रोक्दछ ।

बेसारको धुलोलाई विशेषगरी, प्रभावित दाँतमा लगाएर केही बेर राख्नु पर्छ । र, मनतातो पानीले कुल्ला गर्नुपर्छ । यसले दाँतमा क्याभिटी हुन दिदैन ।

नीम : निमको पात पनि क्याभिटीको उपचारमा प्रभावकारी तथा लोकप्रिय मानिन्छ । यसमा रहेको एन्टी व्याक्टेरियल गुण व्याक्टेरियाले दाँतमा क्याभिटी हुन दिदैन । र, भएको छ भने पनि उक्त समस्यालाई हटाउन मद्दत गर्दछ ।

यसबाहेक, यसले गिजा स्वस्थ तथा मजबुत राख्न पनि सहायता प्रदान गर्छ । दाँत तथा गिजामा नीमको रसले मज्जाले दल्नु पर्छ र केही समय राखेर मनतातो पानीले कुल्ला गर्नुपर्छ । यो विधि दिनमा एक वा दुई पटक अपनाउनु पर्छ । त्यबाहेक नीमको डाढको प्रयोग दाँत माझ्नका लागि पनि गर्न सकिन्छ ।

अमला : अमला जस्ता जडिबुटी पनि क्याभिटीको उपचारमा महत्वपूर्ण मानिन्छ। अमलामा रहेको एन्टीअक्सिडेन्ट तत्व तथा भिटामिन सीका कारण यसले व्याक्टेरिया तथा रोगको संक्रमणसित लड्न मद्दत गर्छ ।

साथै, सासको दुर्गन्ध हटाउन तथा मुख सफा गर्न पनि अमलाको सेवन प्रभावकारी मानिन्छ। अमलाई सिंगै वा आधा गिलास पानीमा आधा चम्चा अमलाको रस मिसाएर पनि यसको सेवन नियमित गर्न सकिन्छ । (एजेन्सीको सहयोगमा)