१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याजीको संरक्षण नगर्न सांसदहरुलाई रास्वपाको चेतावनी(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासनले नै मिटरब्याजीको संरक्षण गरेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले राज्य पीडितको पक्षको सट्टा हुनुपर्नेमा पीडकको पक्षमा देखिएको बताउनुभयो ।

छ महिनाको बच्चा बोकेर सिरहादेखि १३ दिन हिँडेर मिटर ब्याज पीडितहरु काठमाडौँ आएको भन्दै उहाँले यस्ता समस्यामा स्थानीय प्रशासनले समन्वय नगर्ने र जनप्रतिनिधिले पीडितको कुरा सुन्न नकार्ने प्रवृत्ति देखिएको बताउनुभयो ।

सांसद झाले सांसदहरु र राजनीतिक संयन्त्रमा भएका नेताहरुलाई मिटर ब्याजीहरुको संरक्षण नगर्न चेतावनी दिनुभयो ।

“यहाँ भएका साथी र राजनीतिक संयन्त्रमा भएका साथीहरुलाई चेतावनीसहित आग्रह गर्न चाहन्छु कृपया ती साहुकारको संरक्षण नगर्नुस्”, उहाँले भन्नुभयो ।