१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याजीको संरक्षण नगर्न सांसदहरुलाई रास्वपाको चेतावनी(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासनले नै मिटरब्याजीको संरक्षण गरेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले राज्य पीडितको पक्षको सट्टा हुनुपर्नेमा पीडकको पक्षमा देखिएको बताउनुभयो ।

छ महिनाको बच्चा बोकेर सिरहादेखि १३ दिन हिँडेर मिटर ब्याज पीडितहरु काठमाडौँ आएको भन्दै उहाँले यस्ता समस्यामा स्थानीय प्रशासनले समन्वय नगर्ने र जनप्रतिनिधिले पीडितको कुरा सुन्न नकार्ने प्रवृत्ति देखिएको बताउनुभयो ।

सांसद झाले सांसदहरु र राजनीतिक संयन्त्रमा भएका नेताहरुलाई मिटर ब्याजीहरुको संरक्षण नगर्न चेतावनी दिनुभयो ।

“यहाँ भएका साथी र राजनीतिक संयन्त्रमा भएका साथीहरुलाई चेतावनीसहित आग्रह गर्न चाहन्छु कृपया ती साहुकारको संरक्षण नगर्नुस्”, उहाँले भन्नुभयो ।