१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा जनमत पार्टी प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहाले पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँलाई जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले स्वागत गर्नुभयो ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममार्फत कुशवाहा जनमत पार्टीमा प्रवेश गरेपछि जनमत पार्टीले आगामी वैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार बनाउने पक्का भएको बताइएको छ ।

पार्टी प्रवेश कार्यक्रममा कुशवाहले आफूलाई माओवादी केन्द्रभित्र सधैँ अन्याय गरिएको गुनासो गर्नुभयो । उहाँ ०६४ को संविधानसभामा निर्वाचित हुनुभएको थियो ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा उहाँ जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादवसँग पराजित हुनुभएको थियो । यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।