• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित



एजेन्सी । मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनालाई फराकिलो जित दिलाउन लियोनल मेसीले ह्याट्रिक गरे । यस्तै, निकोलास गोन्जालेज, एन्जो फर्नान्डेज, एंगेल डि मारिया र गोन्जालो मोन्टेलले एक–एक गोल गरे । मेसीले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले २०, ३३ र ३७ औं मिनेटमा गोल गरे ।

यसैबीच मेसीले यसै खेलबाट अर्जेन्टिनाका लागि १०० औं गोल पूरा गर्दै अन्तर्राष्ट्रिय गोल संख्या १०२ पुर्र्याएका छन् ।