२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टइन्डिज र श्रीलंका विश्वकपमा सिधा छनोट हुने सम्भावना कठिन



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप सुपर लिगमा कमजोर प्रदर्शनपछि वेस्टइन्डिज र श्रीलंकाको सोझै विश्वकप खेल्ने सम्भावना कम रहेको छ ।  विश्वकप विजेतासमेत रहेका यी दुई टोली आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने सम्भावना उच्च बनेको छ ।

सुपर लिगमा १२ टेस्ट टोलीसँगै नेदरल्यान्ड्स गरि कुल १३ देशले प्रतिस्पर्धा गरेका छन् । जसबाट शीर्ष आठ टोली सोझै विश्वकपमा पुग्नेछन् भने अन्तिममा रहेका पाँच टोलिले विश्वकप छनोट खेल्नेछन् । भारत, पाकिस्तान, इंग्ल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तान, बंगलादेश र न्युजिल्यान्ड सोझै विश्वकप छनोटमा पुगेका छन् ।

अब, दक्षिण अफ्रिका, श्रीलंका र वेस्टइन्डिज मध्ये एक टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन् । जसमा दक्षिण अफ्रिकाको उच्च सम्भावना रहेको छ । वेस्टइन्डिज २४ खलमा ९ जित र १५ हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ ।यस्तै, श्रीलंका २३ खेलमा ७ जित र १३ हारसहित ८२ अंकका साथ नवौं स्थानमा छ भने दक्षिण अफ्रिका १९ खेलमा ७ मा जित र १० मा हारसहित १० औं स्थानमा छ ।

दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग अन्तिम दुई खेल खेल्न बाँकी छ । दक्षिण अफ्रिका दुबै खेलमा विजयी भए ९८ अंकसहित शीर्ष आठमा रहेर विश्वकपमा स्थान बनाउनेछ ।

यता, श्रीलंकाले अन्तिम खेल न्युजिल्यान्डसँग खेल्नेछ । उक्त खेलमा विजयी हुँदा श्रीलंकाको ९२ अंक हुनेछ । श्रीलंका विश्वकप खेल्न उक्त खेल जित्नुको साथै दक्षिण अफ्रिकाले कम्तिमा एक खेल हार्नुपर्ने हुन्छ ।

वेस्टइन्डिज विश्वकपमा पुग्न भने श्रीलंका र दक्षिण अफ्रिकाले बाँकी सबै खेल हार्नुपर्ने हुन्छ । वेस्टइन्डिजले दुई पटकको विश्वकप जितेको छ भने श्रीलंकाले एक पटक उपाधि हात पारेको छ ।

यससँगै, वेस्टइन्डिज र श्रीलंकाले विश्वकप छनोट खेल्ने सम्भावना उच्च देखिन्छ । विश्वकप छनोट आगमी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । जसमा आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोली, विश्वकप सुपर लिगबाट पुछारका पाँच टोली र विश्वकप क्वालिफायर प्लेअफबाट दुई टोलीले प्रतिष्प्रधा गर्नेछन् ।

सुपर लिगबाट जिम्बावे, नेदरल्यान्ड्स र आयरल्यान्डले विश्वकप छनोट खेल्ने पक्का भईसकेको छ । लिग–२ बाट पनि स्कटल्यान्ड, ओमन र नेपाल गईसकेको छ ।