२४ भाद्र २०८३, बुधबार
,
Latest
झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टइन्डिज र श्रीलंका विश्वकपमा सिधा छनोट हुने सम्भावना कठिन



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप सुपर लिगमा कमजोर प्रदर्शनपछि वेस्टइन्डिज र श्रीलंकाको सोझै विश्वकप खेल्ने सम्भावना कम रहेको छ ।  विश्वकप विजेतासमेत रहेका यी दुई टोली आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने सम्भावना उच्च बनेको छ ।

सुपर लिगमा १२ टेस्ट टोलीसँगै नेदरल्यान्ड्स गरि कुल १३ देशले प्रतिस्पर्धा गरेका छन् । जसबाट शीर्ष आठ टोली सोझै विश्वकपमा पुग्नेछन् भने अन्तिममा रहेका पाँच टोलिले विश्वकप छनोट खेल्नेछन् । भारत, पाकिस्तान, इंग्ल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तान, बंगलादेश र न्युजिल्यान्ड सोझै विश्वकप छनोटमा पुगेका छन् ।

अब, दक्षिण अफ्रिका, श्रीलंका र वेस्टइन्डिज मध्ये एक टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन् । जसमा दक्षिण अफ्रिकाको उच्च सम्भावना रहेको छ । वेस्टइन्डिज २४ खलमा ९ जित र १५ हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ ।यस्तै, श्रीलंका २३ खेलमा ७ जित र १३ हारसहित ८२ अंकका साथ नवौं स्थानमा छ भने दक्षिण अफ्रिका १९ खेलमा ७ मा जित र १० मा हारसहित १० औं स्थानमा छ ।

दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग अन्तिम दुई खेल खेल्न बाँकी छ । दक्षिण अफ्रिका दुबै खेलमा विजयी भए ९८ अंकसहित शीर्ष आठमा रहेर विश्वकपमा स्थान बनाउनेछ ।

यता, श्रीलंकाले अन्तिम खेल न्युजिल्यान्डसँग खेल्नेछ । उक्त खेलमा विजयी हुँदा श्रीलंकाको ९२ अंक हुनेछ । श्रीलंका विश्वकप खेल्न उक्त खेल जित्नुको साथै दक्षिण अफ्रिकाले कम्तिमा एक खेल हार्नुपर्ने हुन्छ ।

वेस्टइन्डिज विश्वकपमा पुग्न भने श्रीलंका र दक्षिण अफ्रिकाले बाँकी सबै खेल हार्नुपर्ने हुन्छ । वेस्टइन्डिजले दुई पटकको विश्वकप जितेको छ भने श्रीलंकाले एक पटक उपाधि हात पारेको छ ।

यससँगै, वेस्टइन्डिज र श्रीलंकाले विश्वकप छनोट खेल्ने सम्भावना उच्च देखिन्छ । विश्वकप छनोट आगमी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । जसमा आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोली, विश्वकप सुपर लिगबाट पुछारका पाँच टोली र विश्वकप क्वालिफायर प्लेअफबाट दुई टोलीले प्रतिष्प्रधा गर्नेछन् ।

सुपर लिगबाट जिम्बावे, नेदरल्यान्ड्स र आयरल्यान्डले विश्वकप छनोट खेल्ने पक्का भईसकेको छ । लिग–२ बाट पनि स्कटल्यान्ड, ओमन र नेपाल गईसकेको छ ।