२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाली ब्याटिङ फेरि प्लप, इङ्ल्याण्डसँगको शृंखला ३–० ले गुमायो



अ+ अ-

साउथह्याप्टनः इङ्ल्याण्ड भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टिम ब्याटिङ र बलिङ दुबै विधामा यसपटक असफल सावित भएको छ । श्रीलंकाले खेलेका तीनवटै २०–२० क्रिकेट खेलमा श्रीलंकाले इङ्ल्याण्डसामु लज्जास्पद हार सहनु परेको छ ।

तीन खेलको यस शृंखला अन्तर्गत अन्तिम खेलमा भ्रमणकारी श्रीलंका इङ्ल्याण्डसँग ८९ रनले पराजित भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनको विशाल चुनौती खडा गरेको थियो । इङ्ल्याण्डका लागि जोन्नी बेयरस्टले ५१, डाविड मलानले ७६ रन बनाएका थिए ।

जवाफमा ब्याटिङ गर्न उत्रेको श्रीकाली टिम १८.५ ओभरमा पूरै विकेट गुमाएर ९१ रनमै समेटियो । श्रीलंकाको पूरै ब्याटिङ लाइन ध्वस्त भएको यस खेलमा बिनुरा फर्नान्डोले २० रन बनाएका थिए र त्यो श्रीलंकाली खेलाडीले बनाएको व्यक्तिगत सर्वाधिक रन थियो ।

इङल्याण्डका डेभिड विल्लीले ३, साम कुरानले २ तथा क्रिस वोक्स, क्रिस जोर्डन, लियाम लिभिङ्स्टोन र मोइन अलिले समान १–१ विकेट लिएका थिए ।

श्रीलंकाले पहिलो टी–२० खेल आठ विकेटले हारेको थियो भने दोस्रो खेलमा पाँच विकेटले पराजित भएको थियो ।

अब यही जुन २९ बाट श्रीलंकाले इङ्ल्याण्ड विरुद्ध तीन एकदिवसीय क्रिकेट खेल खेल्नेछ ।