२ पुष २०८२, बुधबार
,
Latest
खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाली ब्याटिङ फेरि प्लप, इङ्ल्याण्डसँगको शृंखला ३–० ले गुमायो



अ+ अ-

साउथह्याप्टनः इङ्ल्याण्ड भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टिम ब्याटिङ र बलिङ दुबै विधामा यसपटक असफल सावित भएको छ । श्रीलंकाले खेलेका तीनवटै २०–२० क्रिकेट खेलमा श्रीलंकाले इङ्ल्याण्डसामु लज्जास्पद हार सहनु परेको छ ।

तीन खेलको यस शृंखला अन्तर्गत अन्तिम खेलमा भ्रमणकारी श्रीलंका इङ्ल्याण्डसँग ८९ रनले पराजित भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनको विशाल चुनौती खडा गरेको थियो । इङ्ल्याण्डका लागि जोन्नी बेयरस्टले ५१, डाविड मलानले ७६ रन बनाएका थिए ।

जवाफमा ब्याटिङ गर्न उत्रेको श्रीकाली टिम १८.५ ओभरमा पूरै विकेट गुमाएर ९१ रनमै समेटियो । श्रीलंकाको पूरै ब्याटिङ लाइन ध्वस्त भएको यस खेलमा बिनुरा फर्नान्डोले २० रन बनाएका थिए र त्यो श्रीलंकाली खेलाडीले बनाएको व्यक्तिगत सर्वाधिक रन थियो ।

इङल्याण्डका डेभिड विल्लीले ३, साम कुरानले २ तथा क्रिस वोक्स, क्रिस जोर्डन, लियाम लिभिङ्स्टोन र मोइन अलिले समान १–१ विकेट लिएका थिए ।

श्रीलंकाले पहिलो टी–२० खेल आठ विकेटले हारेको थियो भने दोस्रो खेलमा पाँच विकेटले पराजित भएको थियो ।

अब यही जुन २९ बाट श्रीलंकाले इङ्ल्याण्ड विरुद्ध तीन एकदिवसीय क्रिकेट खेल खेल्नेछ ।