२४ श्रावण २०८३, आईतवार
,
Latest
सरकार बाटोबाट विचलित भए रास्वपाले हस्तक्षेप गर्छ : रवि लामिछाने ‘सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन सम्भव छैन, फेसलेस ट्राफिकमा जानुपर्छ’ सरकारको चार महिने कार्यसम्पादनमा स्पष्ट छनक देखिनुपर्थ्यो तर मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा हाम्रो हो-रवि… सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि सुशासन कायम गर्दै नागरिकमा राज्यप्रति विश्वास जगाउनु अहिलेको मुख्य उपलब्धि : हरि ढकाल अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम ट्राफिक प्रहरीलाई गजुरेलको निर्देशनः ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गरौँ’ संस्थापन इतर समूहसहित बाडेगाउँ पुगे खड्का, गरे कांग्रेस एकताको संकल्प फूलमा रस चुस्दै सिपराज बुङ्गेचरा आदिवासी अधिकारको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध छौँ : कांग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘भष्मे डन’ को छायांकन सुरू



फोटो: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । अभिनेता विपीन कार्की स्टारर फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सुरू भएको छ।

दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्मको आज पशुपतिनाथ मन्दिर परिसरबाट छायांकन सुरू गरिएको हो । फिल्मको शुभमुहूर्त भने गत शुक्रबार गरिएको थियो ।

खगेन्द्र लामिछानेको कथामा लेखिएको फिल्ममा विपिनसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, वर्षा शिवाकोटी, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहनेछ।

आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुने फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहनेछ। यो फिल्म टुकी आर्टस् ब्यानरमा निर्माण हुन लागेको हो ।

२०७३ सालमा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल फिल्म ‘भष्मे डन’मा विपीन कार्की मुख्य भूमिकामा छन् । फिल्ममा भष्मे डनको जीवनमा आएका उतारचढावलाई प्रस्तुत गरिनेछ ।




भर्खरै