६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द हन्ड्रेड’ मा बिकेनन् सन्दीप र अर्जुन



अ+ अ-

काठमाडौं । ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अनसोल्ड भएका छन् ।
लण्डनमा बिहीबार राति आयोजित ड्राफ्टमा सन्दीपमाथि कुनैपनि टोलीले बोली लगाएनन् ।

सन्दीपसँगै नेपालका अर्का खेलाडी अर्जुन साउद पनि ड्राफ्टमा परेका थिए । विकेटकिपर तथा ओपनर अर्जुन पनि अनसोल्ड भए ।

पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो । तर, भिसा समस्याका कारण उनले द हन्ड्रेड गुमाएका थिए । दोस्रो र तेस्रो संस्करणमा भने उनी अनसोल्ड भए ।

ईंग्ल्यान्डको क्रिकेट बोर्डले आयोजना गर्ने यस प्रतियोगिता आउँदो १ अगष्टबाट सुरु हुँदैछ । यसमा ८ वटा फ्रेन्चाइज टीम सहभागी छन् ।