३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सिंहदरबार वैद्य खाना, परम्परागत ज्ञान र आयुर्वेद ओझेलमा !

सिंहदरबार वैद्य खाना, परम्परागत ज्ञान र आयुर्वेद ओझेलमा !
अ+ अ-

काठमाडौं । कोरोना भाइरसको ओखती, खोप, अनुसन्धानको आदिको बारेमा पर्याप्त चर्चा भयो। साबुन, स्यानिटाइजर र मास्कको बारे त अब पाँच वर्षको बच्चाले पनि थाहा पाइसकेको छ। कोरोनाबाट प्रभावित भएकामध्ये ८० प्रतिशतलाई त खासै लक्षण देखा पर्दैन भनेर थाहा भएको छ। 

अनुसन्धानले यो पनि देखाएको छ कि संक्रमितका लक्षण भएर जटिलता हुने र मृत्यु हुनेमा मधुमेह र उच्च रक्तचापका बिरामीहरू बढी छन्। जसको रोगसँग लड्ने क्षमता कम छ, उसलाई बढी जटिलता हुन्छ। अहिले ‘कालो ढुसी’ को कारणले झन् समस्या बढ्न थालेको छ।

पूर्वीय ज्ञान भएका ‘ओखती’को पनि अनुसन्धान सुरू हुनुपर्छ भन्ने आवाज किन सिंहदरबार वैद्य खाना, देशका विभिन्न भागमा अवस्थित वैद्यहरू पढाउने कलेजबाट हुँदैनन्' । 

आयुर्वेदमा चाहिँ रोगसँग लड्ने क्षमता वृद्धि गर्ने अनेक उपाय छन्। हाम्रो भू-भागतिर आधुनिक औषधी आउनुभन्दाअघि पनि त मान्छेहरू आफ्नै घर वरिपरिका वनस्पति, औषधी, मसाज आदिद्वारा उपचार गर्थे। तर ती कुरा किन ओझेलमा छन्' । 

कोरोनाको बेलामा हात धुने काम कोरोनाविरूद्ध लड्न महत्वपूर्ण हतियार भएको छ, भने हाम्रा पुर्खाहरूले त हात धुने कामलाई आफ्नो जीवनको एक अंग नै बनाएका थिए। मन्दिर जाँदा, खाना पकाउँदा, खाइसकेपछि, कसैको मलामीबाट पर्केपछि स्नान गर्नु र हात धुनु त एउटा धार्मिक संस्कार नै मानिन्थ्यो।

सिंहदरबार वैद्यखानामा रहेका सयौं वर्ष पुराना किताबहरूमा मानव शरीरमा रोगसँग लड्नको लागि चाहिने शक्ति दिन के गर्न सकिन्छरु भनेर कतै लेखिएको छ कि भनेर वैद्यहरूले अनुसन्धान किन नगरेको होला ?
 
साबुन नभएको बेला हाम्रा पुर्खाहरूले रिठ्ठाबाट फिँज निकालेर कपाल, जिउ, लुगा धुने गर्थे। खरानीले भाँडा मस्काउँथे। सफा खरानी पेटको जुका मार्न प्रयोग गर्थे।
 
तितेपातीको रस पनि प्रयोग गरेर जुका सखाप पारिन्थ्यो भन्ने मैले बुढापाकाबाट सुनेको हो। तितेपाती र निमको रसले त पेटको जुका मार्न काम लाग्छ भनेर वैज्ञानिक अनुसन्धानले भन्छ।

पुराना जमानाका सबै कुरा ठिक अवश्य पनि थिएनन्। तर सबै पुराना कुरा बेठिक पनि थिएनन्। अहिले हामीले अनुसन्धान गरेर जुन वैज्ञानिक छ तिनलाई प्रयोग गरौं। जुन छैन त्यसलाई हटाऔं भन्ने साहस गर्न सक्नुपर्ने हो नि।

उदाहरणको लागि हजुरआमाले रुघाखोकी लाग्दा दुधमा बेसार र मरीच हालेर दिएको पेय त वैज्ञानिक नै रहेछ नि। अहिले बेसारको रोगसँग लड्ने शक्ति छ भनेर विज्ञानले सिद्ध गरेको छ। अहिले बेसारका क्याप्सुल र ‘गोल्डेन मिल्क’ भनेर बेसार र दुध बेचिन्छ। तर त्यही कुरालाई स्पष्ट रुपमा भन्न हाम्रो सिंहदरबार वैद्यखानाका आयुर्वेद आचार्यहरू किन हिचकिचाउँछन् होलान्रु बेसार र दुध सबै समस्या समाधान गर्ने होइन, तर यो एक परम्परागत रुपमा प्रयोग गर्ने औषधीले फाइदा गर्छ, भनेर त भन्न अवश्य पनि सकिन्छ।

त्यसैगरी हाम्रो कतिपय बिर्सिएका ज्ञान होलान् वैद्यहरूको किताबमा, जसले शरीरको रोगसँग लड्ने क्षमता बढाउन सिकाउन सक्छ। तिनको अनुसन्धान गर्नेतर्फ किन कोही नलागेको र नबोलेको होला ?

आधुनिक औषधी र आयुर्वेद वा पूर्वीय ज्ञान एकै ठाउँमा मिलेर काम गर्न सक्छन्। दुबै एक अर्काको विरोधी होइनन्। परिपुरक हुन् भन्ने कुरा जब हाम्रो नेताहरूले बुझ्नेछन्, त्यो बेलामा ओझेलमा परेको आयुर्वेदको ज्ञानको महत्व बढेर जान्छ।