१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षाका कारण आन्तरिक उडानमा टिकटको पूरा विवरण देखाउनुपर्ने



अ+ अ-

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान यात्रा गर्न आउने यात्रुले अब पूरा विवरणसहितको टिकट देखाउनुपर्ने भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी विमानस्थल प्रवेश गर्नुपूर्व अनिवार्यरूपमा पूरा विवरणसहितको टिकटको ‘प्रिन्टेड कपी’ वा डिजिटल कपी देखाउन भनिएको छ ।  

विमानस्थल सञ्चालन विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था यही फागुन ७ गतेदेखि लागू हुने जनाएको छ । कतिपय यात्रुले टिकटको पिएनआर कोडमात्रै देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकाले उक्त व्यवस्था अनिवार्य गरिएको हो । सूचनामा काठमाडौँबाट अन्यत्र यात्रा गर्दा टिकटमा उल्लेख भएको रिपोर्टिङअनुसार समयमा अनिवार्यरुरूपमा विमानस्थल प्रवेश गर्न पनि अनुरोध गरिएको छ ।