३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई कुनै गल्ती गर्ने छुट छैनः नेता कोईराला



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोईरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता कोईरालाले नेपाली काँग्रेस अब केही दिन भित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी नेपाली काँग्रेसबाट हुनु नहुने बताउनु भयो । उहाँले अहिलेका परिस्थितिलाई काँग्रेसले गम्भीर रुपमा नियालीरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा काँग्रेसकै काँधमा रहेको बताउनु भयो । नेता कोईरालाले वर्तमान सत्ता गठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा काँग्रेसको रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस केही दिन भित्र नै सरकारमा जाँदैछ । अब हामीलाई गल्ती गर्ने छुट छैन । कुनै किसिमको कमी कमजोरी नेपाली काँग्रेसबाट अब हुनु हुँदैन । यि सबै कुरालाई नेपाली काँग्रेसले गम्भीर रुपले लिएको छ । त्यसलाई अघि बढाउने जिम्मा अब नेपाली काँग्रेबिाट जाने नेतृत्वले गर्नुपर्छ । उहाँहरुको जिम्मा सरकारलाई पनि प्रचण्डजीको सरकार छ, १० वटा सत्ता गठबन्धनमा दल छन् । त्यसलाई सम्हालेर अघि बढ्ने जिम्मा नेपाली काँग्रेसलाई छ । यो सबै कुरा नेपाली काँग्रेसको जिम्मेवारीमा, काँधमा आएको छ । यो सरकारलाई राम्रोसँग चलाएर हामी अघि बढ्नुपर्छ ।’

नेता कोईरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली काँग्रेस नचुकेको बताउनु भयो । उहाँले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र चल्न नसक्ने दाबी गर्नुभयो । उहाँले लोकतन्त्र बिना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीर रुपमा लिएको बताउनु भयो ।