२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवल क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी



अ+ अ-

रुपन्देही । स्ववियू चुनावमा रुपन्देहीको बुटवल वहुमुखी क्याम्पसबाट नेकपा एमाले निकट अनेरास्ववियु प्यानलसहित विजयी भएको छ ।

चुनावमा कुल २ हजार ६ सय ८१ मत खसेकोमा अनेरास्ववियुको प्यानलले करिब ५ सय मतकोे अग्रतामा जितेको बताईएको छ । यद्यपी निर्वाचन समितिले भने अन्तिम नतिजा सार्वजनिक गरेको छैन ।

स्ववियू सभापतिमा अनेरास्ववियुका उम्मेदवार दुर्गा बहादुर एमसी निर्वाचित भएका छन् । उनले अखिल क्रान्तिकारीका शिव बहादुर खवासभन्दा करिब ५ सय बढी ल्याएर विजयी भएका हुन् ।

त्यसैगरी सचिव पदमा निलकन्ठ पाण्डेय, कोषाध्यक्षमा शशांक बस्याल,सदस्यमा नविन खनाल, सुचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, बिमल कुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत विजयी भएका छन् ।

बुटवल क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ ।