२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री नेसन्स कप खेल्न भुटानी फुटबल टोली नेपाल आइपुग्यो



अ+ अ-

काठमाडौँ । भुटानको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेको छ । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्न भुटानी टोली सोमबार बिहान नेपाल आईपुगेका हुन् ।

भुटानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म आयोजना हुँदैछ ।

प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । लाओसको टोली पनि सोमबार नै नेपाल आउँदैछन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । यस्तै, चैत ११ गते भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ भने चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । फाइनल खेल चैत १७ गते हुनेछ । समूह चरणका सम्पूर्ण खेलहरु साँझ ६ बजे सुरु हुनेछ भने फाइनल खेल ५:३० बजे सुरु हुनेछ ।

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ । प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको छ ।

यस अघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । जसमा घरेलु टोली नेपालले फाइनलमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।