काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिनु भएको छ । सामाजिक सञ्जाल मार्फत नेता भट्टराईले एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने उल्लेख गर्नुभएको हो ।
भट्टराईले लेख्नु भएको छ–‘ एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धनरसरकारमा बस्न मिल्दैन१सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो!
नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादीले सरकारमा पनि रहने र सडकमा पनि प्रदर्शन गर्दे आएको बेला अर्को सत्ताघटक दलका प्रमुख नेताले यस्तो टिप्पणी गर्नुभएको हो ।