• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन सांसद गौतमको आग्रह



काठमाडौँ । सांसद सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृ गौतमले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गरी मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँले प्रधानमन्त्रीसमक्ष आफू निर्वाचित भएको काठमाडौँ निर्वाचन क्षेत्र नं २ का विभिन्न समस्या पनि राख्नुभएको थियो ।

सांसद गौतमले नेपालले क्रिकेटमा सफलता प्राप्त गरेको सन्दर्भमा सरकारले अर्को क्रिकेट मैदान जतिसक्दो चाँडो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य बनाउनुपर्ने बताउनुभयो ।

सोही अवसरमा प्रधानमन्त्री दाहालले मूलपानी क्रिकेट मैदान निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस