५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोधुली साँझमा मनमोहक काठमाडौं (फोटो फिचर)



अ+ अ-

भीडभाड, भागदौड अनि व्यस्त जिन्दगी, यो काठमाडौंको दिनचर्याको छोटो परिभाषा हो आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ छ । जहिल्यै र जताततै कामै कामको चाप । त्यसैले होला एक शहरीयाले अर्कोलाई चिन्दैन र वास्ता गर्दैन । तर यही व्यस्त शहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ ।

साँझपख कौसीमा टहलिने मात्र हो भने पनि गोधुली साँझको भरपुर मज्जा टाढा गइरहनु पर्दैन । भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेशा व्यवसायीको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै र रमाउँदै गल्लीहरूमा हसिलो अनुहार देखिने बेला, मठमन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझको मज्जा भरपुर लिन सकिन्छ ।

यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ । जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छन् । नीलो आकाशमा रातो अनि पहेँलो रङ भरिन्छ । चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्तीबाहेक । हिजोआज सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रंगीन देखिन्छन् । दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ ।

तस्बिरः न्युज एजेन्सी नेपाल