१२ श्रावण २०८३, मंगलवार
,
Latest
चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडामा गाडीको ठक्करबाट महिलाको मृत्यु



अ+ अ-

मकवानपुर । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नंको हात्ती गाडीले ठक्कर दिँदा पैदलयात्री हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएकी ती महिलालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । महिलाको शव हाल हेटौँडा अस्पतालमा राखिएको र घटनाबारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । रासस