१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

प्रचण्ड र माधव नेपाल पनि एमसीसीबारे भ्रमको जालोमा फस्नुभएको छ: रामचन्द्र पौडेल

प्रचण्ड र माधव नेपाल पनि एमसीसीबारे भ्रमको जालोमा फस्नुभएको छ: रामचन्द्र पौडेल
अ अ+ अ-

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विषयमा भ्रमको जालामो जेलिएको टिप्पणी गरेका छन् । आज एक ‘विशेष साक्षात्कार’ मा बोल्दै नेता पौडेलले एमसीसीको विषयमा देश र जनतालाई धोका दिनेगरि कसैले पनि ‘डबल–स्ट्याण्ड’ को भूमिका खेल्न नहुने टिप्पणी गरे ।

उनले भने–‘प्रचण्ड र माधव नेपाल एमसीसीलाई लिएर भ्रमको जालामो जेलिएका छन् । कम्युनिष्टका नेताहरु जेलिएका छन् । उहाँहरु प्रचारको जालोमा जेलिनुभयो। एमसीसीको सुरुवात स्वयम झलनाथजीबाट भएको हो । यो एमसीसी सम्झौता सत्तामा पुगेका कुनैपनि कम्युनिष्ट नेता यो सम्झौताबाट अलग छैनन् । उहाँहरु सबै संलग्न हुनुहुन्छ । सबै नेता पालैपालो संलग्न हुनुहन्छ । यो सुरुमा संसद्बाट अनुमोदन गर्ने कुरा थिएन । केपी ओली प्रधानमन्त्री बनेपछि संसद्बाट पारित गर्नुपर्छ भन्ने बनाउनुभयो । अमेरिकाको यो संसद्बाट पास गर्नुपर्छ भन्ने कुनै दबाब थिएन । यसलाई संसद्मा लैजान्छु भनेर उहाँले त्यसो गर्नुभयो ।

अहिले एमाले त्यो अनुमोदन गर्नबाट पछि हट्न मिल्छ ? एमसीसी हुन्न भन्ने कुरा यो देश र सारा दुनियाँलाई धोका हो कि होईन ? यसको परीणाम के हुन्छ ? नेपालको राजनीतिक अवस्था र अर्थतन्त्र कहाँ पुग्छ ? आज दातृ निकायहरुलाई हामीविरुद्ध पुर्याउने काम पनि हुन्छ, म समाजवादी हो । म नेपालवादी हो। यस्तो किसिमको फट्याँई मलाई मन पर्दैन् । डबल स्ट्याण्ड कसैले पनि नगरौं।’
उनले अब देशको विकास गर्नेगरि सबै दल जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखे । उनले भने,‘देशको विकास गरौं । नेताहरुले विकास नअलमल्यायौं । सधैं नेपाल गरिबी रहनुपर्ने ? विद्युत त देशको विकास गर्ने माध्यम हो । देशको विकासलाई अवरोध नगरौं । कुनै कम्युनिष्ट नेता पनि अलग हुन पाँउँदैनन् । जनतालाई भ्रम पारिएको छ । यो देशविरुद्ध अन्याय र बेइमानी हो नि । यहाँका कम्युनिष्टले भ्रम छरे । मुलुकको हितको लागि ठोस काम गर्नुपर्छ नि । भ्रमको कुहिरोमा सधैं देशलाई डुबाईराख्ने ?’

उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहेका नेता पौडेलले प्रचण्ड र माधव नेपाल एमसीसीबारे भ्रमको जालामो फसेको जिकिर गरे । उनले भने–‘सुरुमा एमसीसी ल्याउनमा प्रचण्ड र माधव नेपाल आँफै लाग्नुभयो । पछि क–कसले कुन–कुन सुत्रबाट यसको विरुद्धमा जानुपर्छ भन्ने कुरा आयो, त्यो कुरा आएपछि उहाँहरुले आफ्नो  तर्कशक्ति एमसीसी खराब हो भन्नेमा खर्च गर्नुभयो । उहाँहरु ऋहिले माकुरा आफ्नो जालोमा फसेजस्तो फस्नुभयो । उहाँहरु आँफैले फैलाएको झुटो अफवाहको जालामो आँफै अल्झिनुभएको छ। मैले त जानेको कुरा यत्ति हो ।’
उनले आफू त सबैसँग सहकार्य गरेर जाने व्यक्ति भएको पनि उल्लेख गरे । ‘उहाँहरु प्रचण्ड र माधवजी परिवर्तनको पक्षमा उभिनुभएको छ। सकारात्मक दृष्टिकोण पाएको हुनाले म उहाँहरुसँग उभिएको पनि छु । अहिले उहाँहरु नचाहिने कुरामा फस्नुभएको छ, म उहाँहरुलाई त्यहाँबाट उद्धार गर्न चाहन्छु ।’

उनले आफ्नै पार्टीभित्र पनि एमसीसीबारे जनतालाई बुझाउनको लागि पर्याप्त भूमिका नखेलिएको गुनासो पोखे । उनले थपे–‘मैले मेरो पार्टीभित्र पनि एमसीसीलाई लिएर जनतामा बुझाउनुपर्छ भनेको छु, , संयन्त्रभित्र पनि यही कुरा उठाएको छु, पार्टी सभापति एवम् प्रधानमन्त्रीलाई पनि भनेके छु–तपाईँका महामन्त्री नबोल्ने रु मन्त्रीहरु नबोल्ने ? जनताको बीचमा यो कुरा लान नसक्ने भनेर भनेको छु, एमसीसी मेरो काँधमा मात्रै थुपार्न हुँदैन भनेर पनि देउवाजीलाई भनेको छु । मैले हाम्रा नेताहरुलाई यसको पक्षमा बोल भनेको छु । कांग्रेसका नेताहरुले एमसीसीबारे स्पष्ट कुरा जनताको बीचमा ल्याउनुपर्छ ।’

उनले एमसीसी सदनमा लैजानुभन्दा अघि नै जनतालाई सही कुरा बुझाउनुहोस भनेर पनि आफूले प्रधानमन्त्री देउवालाई भनेको स्मरण गराए । उनले भने,‘एमसीसीबारे यो यथार्थ हो भनेर जनतालाई भन्नुहोस भनेको छु, हाम्रो पार्टीका नेताहरु स्पष्ट रुपमा उभिनुपर्छ । आफ्नो पक्षमा सही ढंगले उभिनुपर्छ, एमसीसी पास गरिदिउँ, लागु गरिदिउँ अनि यसबारे भ्रम आँफै मेटिन्छ भन्ने देउवाजीको भनाई छ, तर, आफ्नो कुरा जनतालाई भन्नुपर्छ । अल्छी गर्नु हुँदैन् ।’ 
उनले एमसीसीको अनुदान लिनु भनेको र्याल चुहाउने कुरा नभएको भन्दै पत्रकारको प्रश्नमा प्रतिवाद गरे । उनले भने,‘अमेरिका यहाँ आईरहेको होईन, एउटा कम्पनी बनेर खोलेर राज्य बनाउन लागिरहेको छैन् । विजुली बेचेर पैसा कमाउ भनेको छ, अनुदान दिएको हो । हामीले नै अनुदान चाहियो भनेर भनेको हो । अहिले लिनुपर्छ । फेक प्रचार गरेर उसलाई ईब्यारेसिङ गर्ने काम गर्नुहुँदैन् ।’
उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एमसीसीको विपक्षमा उभिनै नसक्ने पनि दाबी गरे । उनले भने,‘ओलीजी एमसीसीको विपक्षमा जानै सक्नुहुन्न । कसरी जानुहुन्छ ? हामी हेर्छौं । एमसीसी संसद्मा गएपछि हामी उहाँको अग्निपरीक्षा हेर्छौं । ओली विपक्षमा जानुभयो भने उहाँको राजनीतिक विश्वसनियता समाप्त हुन्छ । किनभने उहाँ नै होईन ? एमसीसी संसदबाट पास गर्छौं भनेर निर्णय गराउने मान्छे ? अनि किन त्यस्तो गराएको त ? नेपाली जनतालाई धोका दिन हो त ? आएको अनुदान फर्काउनको लागि केपी ओलीले षड्यन्त्र गरेको हो त ? यदि उहाँ विपक्षमा जानुभयो भने षड्यन्त्र गरेको सावित हुन्छ ।’

उनले आगामी बैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्ने विश्वास दिलाए । उनले भने,‘निर्वाचन तोकिएकै मितिमा हुन्छ । त्यसको लागि सबै तयार हुनुपर्छ ।’
उनले आगामी निर्वाचनसम्म अहिलेको पाँच दलीय गठबन्धन कायम रहने पनि विश्वास दिलाए । उनले भने–‘नेपालको राजनीतिमा परिवर्तन आयो, संविधान आयो, जनताले अधिकार पाए, यसलाइ सहन नसक्ने तत्वहरुको एउटा षड्यन्त्र छ । र, यसलाई उल्टाउने प्रयत्न छ। त्यो उल्टाउने प्रयत्नमा कमसेकम प्रचण्ड, माधव नेपालहरु हुँदैन भन्नेमा हुनुहुन्छ, परिवर्तनको पक्षमा भएको कारणले उहाँहरुसँग सहकार्यको  आवश्यकत्ता छ ।’

उनले संविधानमा व्यवस्था भएको निर्वाचन प्रणालीअनुसार पनि कसैले पनि एकल बहुमत ल्याउनसक्ने अवस्था नरहेकोले गठबन्धन आवश्यक रहेको औंल्याए । उनले भने,‘यो संविधानले कस्तो निर्वाचन प्रणाली बनाईदियो भने कुनैपनि एक दलले बहुमत ल्याउन सक्दैन् । समावेशीको कारणले गर्दा पूर्ण बुहमत एक पार्टीलाई आउन सक्दैन्, आयो भने त्यो अपवादमा मात्रै हुन्छ । सरकार बनाउन त बहुमत चाहिन्छ । बहुमत पुर्याउनेगरि संसद्मा जानुपर्छ । त्यसको लागि एक्लै सम्भव छैन् । सबै मिलेर जानुपर्छ । भोलि गएर मिलेर सरकार बनाउँ भन्नु चाहीँ उल्टो कुरा हो । पहिले नै बरु बहुमत ल्याउनेगरि मिलेर जाउँ । यो चाहीँ पोलिटिकल विस्डम ९राजनीतिक बुद्धिमता० हो । यही भावनाले काम गरौं । गठबन्धन सँगै चुनावमा जानुपर्छ । यसो गर्दा केही घाटा हुँदैन् । तर गठबन्धन गरेर चुनावमा जाँदा अंशबण्डा र भागबण्डा जस्तो हुँदैन् । ठाउँअनुसार तालमेल गरौं । जहाँ हामी पर्याप्त छौं, त्यहाँ हामी एक्लै लड्छौं । अनि जहाँ उहाँहरु आँफै पर्याप्त हुनुहुन्छ, त्यहाँ उहाँहरु लड्नुहोला । जस्तो जहाँ हामी पर्याप्त छैनौं भने मिलेर लडौं । म त त्यस्तो व्यवहारवादी व्यक्ति हुँ ।’

एमसीसीकै कारण पाँच दलीय गठबन्धनमा कुनै दरार नआउनेमा आफू आशावादी रहेको उनको भनाई छ । उनले भने,‘पाँच दलीय गठबन्धनमा दरार अउननुहुहुँदैन भन्ने मेरो सदिक्षा हो । गठबन्धन ऐतिहासिक बाध्यताले बनेको हो । मुलुकलाई प्रतिगमनबाट बचाउन र परिवर्तनको रक्षाको लागि गठबन्धन बनेको हो । परिवर्तनको रक्षाको लागि कुरा मिल्नेहरु एक ठाउँमा जम्मा भएका हुन् । एकताको आवश्यकत्ता छ। यथार्थवादी बनौं ।’

उनले अमेरिकाले एमसीसीमार्फत नेपाललाई अनुदान दिनुको कारण नेपालको गरिबी हटोस भनेर दिएको पनि स्पष्ट पारे । उनले भने,‘जनताको विकासलाई राज्यले उपेक्षा गनुहुँदैन् । मैले तत्कालिन राजा वीरेन्द्रसँग पनि देशमा द्धन्द्ध भएको बेला जनता असन्तुष्ट भए भने अतिवादको शिकार बन्छन् भनेर म कर्णालीमा विकास लिएर गएको थिएँ । सुरक्षा योजना लिएर गएको थिएँ ।’
नेता पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल थाल्नुपर्ने बताए । उनले भने,‘यो मुलुकमा राजनीतिक दल र यहाँको कर्मचारीतन्त्र पनि ईमानदार छैनन् । बास्तवमा भन्ने हो भने एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर आज होईन चक्रप्रसद बास्तोला पर्यटनमन्त्री हुँदा उहाँले यो सुरुवात गरेको हो । काठमाडौंको नजिकै एउटा अन्तर्राष्ट्रिय एयरपोर्ट आवश्यक छ भनेर सुरुवात गरेको हो । तर, राम्रो कुरा सुरुवात गर्ने अनि त्यसलाई निश्कर्षमा पुर्याउन समय लाग्ने यो गलत परिपाटी छ । राज्यले सबै कुरा अर्डरमा ल्याउनुपर्छ । यहाँ विमानस्थल बनाउने भनेर जंगलमात्रै मासिरहने ।

हुकुमबासी ओईरिएर जग्गा कब्जा गर्ने । सारा एरिया सुरक्षित गर । जंगल हुर्काउनुपर्ने ठाउँ हुर्काउ, अहिले चाहिनेमात्रै लिएर काम सुरु गरौं भनेको छु’
पौडेलले एयरपोर्ट बने बनोस नबनेजस्तो व्यवहार हुन नहुने धारणा राखे । उनले भने,‘मैले यहाँ आएर हेर्दा र बुझ्दा राम्रो नियत देखिनँ । हामी दुवै थरी बिग्रिएका छौं । यति लामो समयसम्म यतिसम्म राखेर, पैसा खर्चमात्रै भैरहेको छ । तथाकथित नाममा करोर्डौं रुपैयाँ खर्च भएको छ। समयमै काम ठ्याक्कै काम सुरु गर भनेर भन्छु । एयरपोर्ट बनाउन डोजर चलाईहाल । जंगल बनाउनकोलागि राज्यले सुरुक्षा देउ । जंगल पनि बचाउ । एयरपोर्ट पनि बनाउ । जडिबुटीको जग्गा छ, त्यहाँ यहाँका टाँगियावस्तीका वासिन्दाहरुलाई स्थानान्तरण गर । नेपालमा त सुुकुम्वासी राजनीति हुन्छ। यो गलत हो ।’