१२ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ? स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पिएनजीविरुद्धको खेल ओडिआई इतिहासकै पाँचौं छिटो जित, तेस्रो पनि नेपालकै नाममा



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध ७.४ ओभरमा पूरा गरेको लक्ष्य ओडिआई इतिहासकै सर्वाधिक छिटो जितमध्येमा परेको छ ।

नेपालले सोमबार पिएनजीले दिएको ९६ रनको लक्ष्य ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन ओडिआई इतिहासको सर्वाधिक छिटो पाँचौं जित थियो ।

ओडिआईमा श्रीलंकाले सर्वाधिक छिटो जित निकालेको थियो । श्रीलंकाले २००१ मा जिम्बावेविरुद्ध ३९ रनको लक्ष्य ४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा श्रीलंकाले २ सय ७४ बल बाकिँ रहदा नै जित निकालको थियो ।

दोस्रो सर्वाधिक छिटो जित पनि श्रीलंकाकै नाममा छ । श्रीलंकाले २००३ मा क्यानडाविरुद्ध ३७ रनको लक्ष्य ४.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । श्रीलंकाले उक्त खेल २ सय ७२ बल अगावै पूरा गरेको थियो ।

सर्वाधिक छिटो जित निकाल्नेको तेस्रो स्थानमा नेपालको नाम छ । नेपालले २०२० मा अमेरिकाले दिएको ३६ रनको लक्ष्य ५.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालले उक्त लक्ष्य २ सय ६८ बल अघि नै पूरा गरेको थियो ।

चौथो स्थानमा भने न्युजिल्यान्ड रहेको छ । २००७ मा न्युजिल्यान्डले बंगलादेशले दिएको ९४ रनको लक्ष्य ६ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो ।

त्यसपछि नेपालले हिजो सोमबारको खेलमा पपुवा न्युगिनीविरुद्ध हात पारेको जित सर्वाधिक छिटो पाँचौं जित रहेको हो । नेपालपछि छैठौ स्थानमा अष्ट्रेलिया रहेको छ ।

नेपालको सोमबारको पपुवा न्युगिनीविरुद्धको जितमा आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ जोडे भने कुशल मल्ल १२ रनमा अविजित रहे।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा ९५ रन बनाएर अल आउट भएको थियो । नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिएका थिए ।