३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप बने ‘प्लेयर अफ द म्याच’



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्धको खेलमा स्पिनर सन्दीप लामिछाने प्लेयर अफ द म्याच बनेका छन् । नेपाललाई ९ विकेटको जित दिलाउन सन्दीपले महत्वपूर्ण पाँच विकेट लिएका थिए ।

सन्दीपको उत्कृष्ट बलिङमा नै पपुवा न्युगिनी २२.५ ओभरमा ९५ रनमा अल आउट हुन पुग्यो । उनले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपले आफ्नो अन्तिम बलमा सेमो कमियालाई बोल्ड गर्दै ओडिआई करिअरमा तेस्रो पटक पाँच विकेट पूरा गरेका थिए ।

९६ रनको लक्ष्य पाएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । नेपाल ३५ खेलमा १८ जित र १५ हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ।

नेपालले अन्तिम खेलमा बिहीबार युएईलाई पराजित गरे जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउँछ । पराजित भएमा पनि नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नेछ ।