१२ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ? स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप बने ‘प्लेयर अफ द म्याच’



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्धको खेलमा स्पिनर सन्दीप लामिछाने प्लेयर अफ द म्याच बनेका छन् । नेपाललाई ९ विकेटको जित दिलाउन सन्दीपले महत्वपूर्ण पाँच विकेट लिएका थिए ।

सन्दीपको उत्कृष्ट बलिङमा नै पपुवा न्युगिनी २२.५ ओभरमा ९५ रनमा अल आउट हुन पुग्यो । उनले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपले आफ्नो अन्तिम बलमा सेमो कमियालाई बोल्ड गर्दै ओडिआई करिअरमा तेस्रो पटक पाँच विकेट पूरा गरेका थिए ।

९६ रनको लक्ष्य पाएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । नेपाल ३५ खेलमा १८ जित र १५ हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ।

नेपालले अन्तिम खेलमा बिहीबार युएईलाई पराजित गरे जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउँछ । पराजित भएमा पनि नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नेछ ।