काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गर्नुभएको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषयमा छलफल भएको जनाईएको छ ।
मंगलबार प्रकाशित सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/७८ पेश गर्ने तथा तीनवटा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।
तर प्रधानमन्त्री देउवाले आजको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने जनाउ सभामुख सापकोटालाई दिनु भएको थियो । बैठकमा प्रमुख प्रतिपक्षदल नेकपा एमाले भने सहभागी भएको छैन ।