१२ श्रावण २०८३, मंगलवार
,
Latest
भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण… निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित बने ‘प्लेयर अफ द म्याच’



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा यूएईविरुद्धको खेलमा कप्तान रोहित पौडेल ‘प्लेयर अफ द म्याच’ बनेका छन् ।

नेपाललाई १ सय ७७ रनको कीर्तिमानी जित दिलाउन रोहितले ७७ रनको अर्धशतकीय इनिङ खेलेका थिए। २२–३ को खराब अवस्थाबाट टोलीलाई पूनरागमन गराउन रोहितले १ सय १२ बलमा ९ चौकासहित उत्कृष्ट प्रदर्शन गरेका थिए । उनको अर्धशतकमा नेपाल ४९।२ ओभरमा २ सय ४८ रन बनाउन सफल रह्यो ।

२४९ रनको विजयी लक्ष्य पछ्याएको यूएईले २२.५ ओभरमै अलआउट हुँदै ७१ रन बनाएको थियो ।

यूएईमाथि १ सय ७७ रनको कीर्तिमानी जित हात पार्दै नेपालले आगामी चार वर्षको लागि ओडीआई मान्यता पक्का गरेको छ । यसैबीच यूएईले भने नेपालसँगको हारसँगै सोझै ओडीआई मान्यता बचाउने अवसर गुमाएको छ । अब नेपालले बाँकी दुवै खेल जितेको खण्डमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ ।