• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   कानुनी निरुपण : प्रहरीले पक्राउ गर्यो, अब के गर्ने ? ★   घुमघामको गन्तव्य टौदह: काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल-फोटो फिचर ★   विस्तारित स्वास्थ्य सेवामा पहुँच बढाउन अमेरिकाद्वारा करिब १६ करोड रुपैयाँको धनुषा प्रसूति केन्द्रको हस्तान्तरण ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी ★   चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला ★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा

झारफुकको बहानामा कुटपिट गर्दा बालिकाको मृत्यु प्रकरण– १७ जना पक्राउ



रुपन्देही । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा मृत्यु भएकी १४ वर्षीया सिता ज्ञवालीको प्रकरणमा संलग्न १७ जना पक्राउ परेका छन्।

उक्त घटनामा संलग्न १७ जनालाई पक्राउ गरी घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

हत्यामा संलग्न झारफुक गर्ने महिला सैनामैना वडा नं १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक बालिकालाई भुईँमा लछारपछार पारी कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो ।

माताले बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, भुईँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटकपटक नाकमुखमा पानी खन्याउने, खरानी खुवाइदिनेलगायतका क्रियाकलाप गरी यातना दिएको भिडिओमा देखिएको छ ।

प्रहरीको अनुसन्धानमा परिवारसँग बुझ्दा विगत ४र५ दिनदेखि सिता कानसम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगि चेकजाँच गरी औषधि सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन् भन्ने थाहा पाई उनको घरमा लगेको कुरा खुलेको छ ।

 




भर्खरै