५ श्रावण २०८३, मंगलवार
,
Latest
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

झारफुकको बहानामा कुटपिट गर्दा बालिकाको मृत्यु प्रकरण– १७ जना पक्राउ



अ+ अ-

रुपन्देही । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा मृत्यु भएकी १४ वर्षीया सिता ज्ञवालीको प्रकरणमा संलग्न १७ जना पक्राउ परेका छन्।

उक्त घटनामा संलग्न १७ जनालाई पक्राउ गरी घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

हत्यामा संलग्न झारफुक गर्ने महिला सैनामैना वडा नं १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक बालिकालाई भुईँमा लछारपछार पारी कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो ।

माताले बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, भुईँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटकपटक नाकमुखमा पानी खन्याउने, खरानी खुवाइदिनेलगायतका क्रियाकलाप गरी यातना दिएको भिडिओमा देखिएको छ ।

प्रहरीको अनुसन्धानमा परिवारसँग बुझ्दा विगत ४र५ दिनदेखि सिता कानसम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगि चेकजाँच गरी औषधि सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन् भन्ने थाहा पाई उनको घरमा लगेको कुरा खुलेको छ ।

 




भर्खरै