• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

स्ववियु निर्वाचन: खुकुरी सहित नेकपा एस का नेता पक्राउ



काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका बेला रत्न राज्य क्याम्पसमा उम्मेदवारी दर्ताको समयमा नेकपा एसका एक कार्यकर्ताले खुकुरी सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडी जिल्ला मेलौली न.पा -३ घर भई हाल सिफल बस्ने नेकपा एस स्थाई कमिटि सदस्य बर्ष २७ को मनोज चन्द रहेको प्रहरीले जनाएको छ ।चन्दले क्याम्पस हाताभित्र नाङ्गो खुकुरी देखाएर एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूलाई धम्की दिँदै गरेको भिडिओ सार्वजनिक भएको थियो ।

प्रहरीका अनुसार  घटनाको सम्बन्धमा प्रहरी वृत्त सिंहदरवार बाट थप अनुसन्धान भई रहेको छ ।

फोटो -सामाजिक संञ्जाल