२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने कुरा संविधान विपरीत: शक्ति बस्नेत



file
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने कुरा संविधान विपरीत रहेको बताएका छन् ।

सिंहदरबारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपतिमा संविधानले लिंग वा समुदाय राष्ट्रपतिको भन्दा फरक हुनुपर्छ भनेको प्रष्ट पारे ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भनेको छ । त्यसलाई गठबन्धनले कसरीले लिएको छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले जारी भएको वक्तव्य संविधान र कानूनअनुसार भएको बताए । ‘अहिले जारी भएको वक्तव्य संविधान र कानूनअनुसार नै भएको देखिन्छ । त्यहाँ महिला वा अन्य समुदायको भनिएको छ । अहिले निर्वाचित हुनुभएको राष्ट्रपति खस आर्यको तर्फबाट र लिंगको हिसाबमा पुरुष हुनुहुन्छ । त्यो बाहेक महिला वा फरक समुदायको भनिएको छ । ,’ उनले भने, ‘वक्तव्यमा हेर्दा मैले समस्या देख्दिनँ । तपाईंहरुले भन्नुभएको कुरा हो भने त्यो संविधान र उसको भावना विपरीतको हुन्छ । मैले त्यो सुन्नमा आएको छैन। त्यो संविधानको खिलापमा हुन्छ ।’