२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीका ५ रिक्त एआईजीमा बढुवा सिफारिस



अ+ अ-

काठमाडौं । बढुवा सिफारिस समितिले नेपाल प्रहरीका रिक्त पाँच एआईजीमा शुक्रबार बढुवा सिफारिस गरेको छ ।

सिफारिसअनुसार पहिलो नम्बरमा वसन्त कुँवर हुनुहुन्छ । यसअघि डीआईजीमा पनि उहाँ नै पहिलो नम्बरमा हुनुहुन्थ्यो ।

सिफारिसमा दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहनुभएको छ । यसअघि गत असारमा निकालिएको बढुवा सिफारिसमा पनि दोस्रोमा राई, चौथोमा थापा, पाँचौँमा ज्ञवाली र छैटौँमा बज्राचार्य हुनुहुन्थ्यो ।

तेस्रो नम्बरमा रहेका अशोक सिंहले राजीनामा दिनुभएको थियो । त्यसपछि पछाडि रहेका एक/एक स्थान उक्लिनुभएको हो ।

बढुवा समितिको सिफारिसविरुद्ध उजुरी नपरे एक सातापछि सरकारले उहाँहरूलाई एआईजीमा बढुवा गर्नेछ । एआईजीमा बढुवा हुने यीमध्येबाटै एकजनाले आगामी चैत १० गतेदेखि नेपाल प्रहरीको नेतृत्व गर्नेछ । प्रहरीमा गत साउनदेखि एआईजी रिक्त रहे पनि पदपूर्तिका लागि सिफारिस हुन सकेको थिएन ।