२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले दलकी अध्यक्ष एवं संसदीय दलको नेता समेत रहनुभएकी श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जनता समाजवादवी पार्टी (जसपा0 ले भने आफ्ना नेता रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । दुवै दल सत्ता गठबन्धनका घटक हुन् ।

उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ ।