१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

उपराष्ट्रपतिको निर्वाचन: फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी मनोनयनपत्र दर्ता गर्न अधिकृतलाई निर्देशन

उपराष्ट्रपतिको निर्वाचन: फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी मनोनयनपत्र दर्ता गर्न अधिकृतलाई निर्देशन
अ अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सम्बन्धमा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

आयोगको शुक्रबार बरेको बैठकले उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा “यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेको छ ।

आयोगका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा ९५० मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेकोले बिहीबार सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने निर्देशन दिएको छ ।

निर्वाचन कार्यक्रमअनुसार उपराष्ट्रपति उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय फागुन २७ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म निर्धारण गरिएको छ । मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची आयोगले गठन गरेको निर्वाचन अधिकृतको कार्यालयले फागुन २७ गते नै दिउँसो २ बजेदेखि ३ बजे प्रकाशित गर्नेछ ।

उम्मेदवारको विरोधमा फागुन २७ गते दिनको ३ बजेदेखि साँझ ६ बजेसम्म दिन पाइने छ । उक्त मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी फागुन २८ गते दिउँसो १२ बजेसम्म निर्णय लिइने कार्यक्रम छ ।

तत्पश्चात कार्यालयले फागुन २८ गते दिउँसो १२ बजेदेखि १ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय फागुन २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली फागुन २८ गते अपराह्न ४ बजेदेखि ५ बजेसम्म प्रकाशन गर्नेछ ।

चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने अवधि तोकिएको छ ।