२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द भ्वाइस किड्स नेपाल सिजन–२’ आजबाट



अ+ अ-

काठमाडौँ । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’को प्रशारण आज (शुक्रवार) बाट शुरु हुने भएको छ ।

बिहीवार काठमाडौैंमा एक कार्यक्रमबीच भ्वाइस किड्सको प्रिमियर शो गर्दै यस बारेमा जानकारी गराइएको हो ।

६ देखि १४ वर्षसम्मका बालबालिकाहरूको सहभागिता रहने शो प्रशारणको पूर्वसन्ध्यामा बिहीवार बेलुका पहिलो एपिसोडको ग्राण्ड प्रिमियर गरिएको थियो । प्रिमियरमा कोच प्रमोद खरेल, निर्देशक लक्ष्मण पौडेल र प्रश्तोता सुशील नेपाल उपस्थित हुनुहुन्थ्यो ।

डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगी बालबालिकाबाट छानिएका ६५ मध्ये ६ जना प्रतियोगीहरुले पहिलो एपिसोडमा कोचको सामना गर्नुभएको थियो । शुरुवाती केही एपिसोड ब्लाइन्ड अडिसनको हुनेछ ।

ग्राण्ड प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गायक प्रमोद खरेलले गिलो माटोलाई आकार दिन सकेझैँ साना बालबालिकाहरुलाई गायन क्षेत्रमा अब्बल बनाउन यो शो महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले बालबालिकाहरुले सबै जनेराको गीत गाउने गरेको भन्दै बालबालिकाहरुमा सबै गर्नसक्ने प्रतिभा रहेको बताउनु भयो । उहाँले आफ्नो समूहले जित्ने भन्दा पनि राम्रो प्रतिभा ल्याउनुपर्छ भन्ने धारणा रहेको बताउनु भयो ।