२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द भ्वाइस किड्स नेपाल सिजन–२’ आजबाट



अ+ अ-

काठमाडौँ । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’को प्रशारण आज (शुक्रवार) बाट शुरु हुने भएको छ ।

बिहीवार काठमाडौैंमा एक कार्यक्रमबीच भ्वाइस किड्सको प्रिमियर शो गर्दै यस बारेमा जानकारी गराइएको हो ।

६ देखि १४ वर्षसम्मका बालबालिकाहरूको सहभागिता रहने शो प्रशारणको पूर्वसन्ध्यामा बिहीवार बेलुका पहिलो एपिसोडको ग्राण्ड प्रिमियर गरिएको थियो । प्रिमियरमा कोच प्रमोद खरेल, निर्देशक लक्ष्मण पौडेल र प्रश्तोता सुशील नेपाल उपस्थित हुनुहुन्थ्यो ।

डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगी बालबालिकाबाट छानिएका ६५ मध्ये ६ जना प्रतियोगीहरुले पहिलो एपिसोडमा कोचको सामना गर्नुभएको थियो । शुरुवाती केही एपिसोड ब्लाइन्ड अडिसनको हुनेछ ।

ग्राण्ड प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गायक प्रमोद खरेलले गिलो माटोलाई आकार दिन सकेझैँ साना बालबालिकाहरुलाई गायन क्षेत्रमा अब्बल बनाउन यो शो महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले बालबालिकाहरुले सबै जनेराको गीत गाउने गरेको भन्दै बालबालिकाहरुमा सबै गर्नसक्ने प्रतिभा रहेको बताउनु भयो । उहाँले आफ्नो समूहले जित्ने भन्दा पनि राम्रो प्रतिभा ल्याउनुपर्छ भन्ने धारणा रहेको बताउनु भयो ।